झापा इनर्जीले भदौ २० गतेदेखि आइपीओ जारी गर्दै

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यस आईपीओमा न्यूनतम १० कित्ताकादेखि […]

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ भदौ १६ देखि सर्वसाधारणको लागि बिक्रिमा

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ २०८२ भदौ १६ देखि सर्वसाधारणको लागि बिक्रिमा आउने भएको छ । कम्पनीले भदौ १६ देखी १९ बैङ्किङ समय सम्म आईपीओ बिक्रिको लागि ल्याएको जनाएको छ । कम्पनीले  आयोजना प्रभावित स्थनिय र नेपाल सरकारबाट श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा रहेका नागरिकको लागि  आईपीओ  जारी गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले […]

तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि ८ अर्ब ८४ करोडको लगानी स्वीकृत

फाइल तस्बिर काठमाडौं । लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ। लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न बोर्डको ६५औँ बैठकले उक्त निर्णय गरेको हो। बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको मस्यौदा तयारी, […]

सबैभन्दा धेरै आम्दानी गरेर बढी घाटा खानेमा अपर तामाकोशी अगाडि, नाफा गर्नेमा साहस शीर्ष स्थानमा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमत्रैमाससम्म समग्रमा १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । अपर तामाकोशी एक्लैको घाटा २ अर्ब ५७ करोड रुपैयाँ छ । यसको घाटा धेरै भएको कारण समग्र हाइड्रोपावर कम्पनीहरुको नाफा कम देखिएको हो । हाइड्रोपावर कम्पनीहरुमध्ये सबैभन्दा धेरै आम्दानी गरेको भएपनि यसले […]

सिटि होटलको हकप्रद सेयरमा भदौ २३ गतेबाट आवेदन दिन मिल्ने

काठमाडौं । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरिसकेको छ । […]

रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद जारी गर्दै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन […]

आईपीओ निस्काशन गर्ने र सञ्चालक समिति निर्बाचित गर्दै फेदीखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभामा सम्पन्न गरेको  छ । साधारणसभमा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मे.वा. २०८२ पौष अन्तिम सम्ममा सम्पन्नगर्ने जानकारी दिएको छ । आयोजनाको निर्माण सम्पन्न गर्न  ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल […]

तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । कम्पनीले शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यसैले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, […]

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर […]