ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्व सन्ध्यामा आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको […]

दुई हजार १२० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

काठमाडौं । लघुजलविद्युतको भरमा रहेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो । जिल्ला सदरमुकाम आसपास […]

चिलिमे विद्युत केन्द्र बन्द

रसुवा । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ । कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरु […]

तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र जारी गर्न अख्तियारी

काठमाडौं । लगानी बोर्डको ६६औँ बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युतको परियोजना अनुमतिपत्रको मस्यौदा स्वीकृत गर्दै उक्त परियोजनाको अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । […]

अपि पावरको अर्को माइलस्टोन : सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत आयोजनाबाट व्यवसायिक उत्पादन सुरु

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ। कम्पनीका अनुसार आयोजनाले २०८२ असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो । परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले २०८२ साउन १२ गतेदेखि […]

मिड सोलु हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार अपराह्न ४ बजे बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हिमस्टार उर्जाको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ।  कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता यस दिन नेप्सेमा […]

माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको होः पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन् । बुधबार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरुले गरेको बताएका हुन् । नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको […]

सिक्लेस हाइड्रोपावरको ७३ लाख ८४ हजार कित्ता सेयरको लक इन अवधि असोज १० गते सकिंदै

काठमाडौं ।  सिक्लेस हाइड्रोपावर कम्पनीको संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको सेयरको लक इन अवधि आगामी असोज १० गते साकिने भएको छ । लक इन अवधिपछि संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन् । संस्थापक, स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुले ७३ लाख ८४ हजार ५०० कित्ता सेयर होल्ड गरेका छन् […]

ग्रीन भेन्चर्सले १८० मेगावाट क्षमताको आयोजना निर्माण गर्दै गरेको कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१ प्रतिशत सेयर खरिद गर्यो

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लिको सेयर खरिद गरेको छ । कम्पनीले भदौ १० गते कालीगण्डकी गर्जको ५१% संस्थापक सेयर खरिद गर्ने सम्झौता सम्पन्न भएको जनाएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (Peaking Run of the River – PROR) कालीगण्डकी गर्ज हाइड्रोपावर […]