भोटेकोशी खोला जलविद्युत आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता

काठमाडौं ।  सिन्धुपाल्चोकको भोटेकोशीमा निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका छन् । इलेक्ट्रिक हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको भोटेकोशी खोला जलविद्युत आयोजना इन्टेक ढलान भत्किदा ३ जना बेपत्ता भएका हुन्। ढलान भत्किदा १० जना मजदुर फसेका थिए।, जसमध्ये ७ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार भइरहेको बताइएको छ ।  

मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ । कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो । कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा […]

आँखुखोला जलविधुत कम्पनीले हकप्रद बिक्रि गर्ने

काठमाडौं । आँखुखोला जलविधुत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट […]

‘प्रक्रियागत सरलीकरणमा आयोगको उच्च प्राथमिकतामा’: विधुत नियमन आयोग अध्यक्ष

काठमाडौं ।विधुत नियमन आयोगका नवनियुक्त अध्यक्ष  लगायत नवनियुक्त सदस्यहरुलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बधाई ज्ञापन गरेको छ । बधाइ लिदै नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने बताएका छन् । उनले प्रक्रियागत सरलीकरण आयोगको पहिलो  प्राथमिकता रहेको बताउँदै दुई ठाउँबाट हुँदै आएका समानप्रकृतिका कामहरुको जिम्मा कुनै […]

ढल्केबर-इनरुवा ४०० केभी बिधुत प्रसारण लाइनबाट प्रसारण सुरु

काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ । ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर- मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात-निर्यात हुँदै आएको […]

भारतसँगको विधुत व्यापार सहज हुने, ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभीको तेस्रो ठुलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका […]

देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन हुँदै

काठमाडौं ।हेटौँडामा नवनिर्मित देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन आज हुँदैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित ४००० मेगावाट क्षमताको ४०० सय केभी विधुत प्रसारणलाईन हेटौँडा सबस्टेसन को उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसन बनेपछि पुर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षा […]

खिम्ती–२ को सेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने, ६६ करोडको आईपीओ जारी गर्ने

काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको सेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद […]

बंगलादेशले नेपालसँग ४० मेगावट बिजुली किन्ने, प्रति यूनिट ९.२७ रुपैयाँ

काठमाडौं । बंगलादेशले नेपालसँग बिजुली किन्ने भएको छ। बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो । बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बिजुली किन्न चाहेको हो। यो बिजुली भारतीय भूमी हुँदा बंगलादेश निर्यात हुनेछ । यसका लागि भारतीय […]

युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष नियुक्त

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुने भएको  छ । कम्पनीले आइपीओ निष्काशनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच नागरिक लगानी कोषका तर्फबाट  कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर […]