३ सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने […]

राधी विद्युतको साधारण सभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा  स्थगित भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को साधारण सभा पुस २२ गतेका लागि तय गरेको थियो । तर, गणपूरक सङ्ख्या नपुगेका कारण सभा स्थगित भएको छ।

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण गरिने, लगानी मोडालिटी तयार 

काठमाडौं । संखुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी  लगानी ढाँचा –मोडालिटी तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा विन्ध्यबासिनी हाइड्रोपावर , नेशनल लघुवित्त र एनएलजी इन्स्योरेन्सको बोनस सयेरमा मूल्य समायोजन भएको छ । विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा ४५५.१४ रुपैयाँमा कायाम भएको छ ।  सोमबार को अन्तिम कारोबार मूल्य ४७७.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो । त्यसतै नेशनल लघुवित्तको १४.२५ […]

मायाखोला हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि माघ २५ गते सकिने

काठमाडौं ।  मायाखोला हाइड्रोपावर कम्पनीको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी माघ २५ गते सकिने भएको छ । कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो। हाल कम्पनीका संस्थापकहरुको ६६ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र कर्मचारीहरुको ४८ हजार कित्ता सेयर […]

दोर्दी खोलाको साधारण सभा स्थगित

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा  स्थगित भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षाका लागि पुस २१ गते सोमबारका लागि तय गरेको वार्षिक साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ।

एशियन हाइड्रोपावरलाई सौर्य आयोजना विकासका लागि ‘एलओआई’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत एशियन हाइड्रोपावर लिमिटेडलाई ग्रिड–जडित सौर्य पीभी ऊर्जा आयोजनाको विकासका लागि Letter of Intent (LOI) प्रदान गरेको छ। कम्पनीले Special Purpose Vehicle (SPV) मार्फत २ सौर्य आयोजना अघि बढाएको छ। मधेश प्रदेशको धनुषा जिल्लामा ३० मेगावाट र सर्लाही जिल्लामा १० मेगावाट क्षमताका सौर्य ऊर्जा आयोजना विकास भइरहेका छन् । […]

फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान

पेरिस । फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । यो तथ्य देशको विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्ने संस्था आरटीईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, फ्रान्सले सन् २०२५ मा कुल ९२ टेरावाट–घण्टा विद्युत् निर्यात गरेको छ, जुन सन् २०२४ को ८९ टेरावाट–घण्टाभन्दा बढी हो […]

झापा इनर्जीको विद्युत बिक्रीबाट १४ करोड आम्दानी

बिर्तामोड । झापाको शिवसताक्षी–४ बोलोचोकस्थित झापा इनर्जी लिमिटेडले नेपाल प्राधिकरणलाई विद्युत बिक्री गरी १३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । झापा इनर्जी लिमिटेडको सातौं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो । कोशी प्रदेशकै सबैभन्दा ठूलो सौर्य उर्जा कम्पनीको रुपमा रहेको यसले मंसिर मसान्तसम्म १ करोड ९० लाख युनिट विद्युत उत्पादन गरी उक्त आम्दानी […]

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा। गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम […]