प्राविधिक विश्लेषण गर्दा अत्याधिक प्रयोग गरिने ‘एमएसीडी लाइन’ ३ वर्ष यताकै न्यून विन्दुमा, बजारमा बियरिस सेन्टिमेन्ट हावी

काठमाडौं । नेप्सेको दैनिक चार्ट (डेली चार्ट)मा मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी) लाइन २०२२ जुलाई महिना यताकै न्यून विन्दुमा झरेको छ । बजारमा आएको लगातारको गिरावट कारण उक्त इन्डिकेटरमा दबाब परेको हो । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार असोज ३० गतेको डाटा अनुसार एमएसीडी माइनस ६६.७६ र सिग्नल लाइन माइनस ५६.३१ विन्दुमा झरेका छन् […]

जबजब बजार घट्छ तब मात्र किन नीतिगत सुधारको माग गरिन्छ ? मार्केट सधैं बढ्नै पर्छ भन्ने मानसिकता किन ?

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले आइतबार नेपाल धितोपत्र बोर्डमा अध्यक्ष समक्ष विभिन्न मागहरु पेश गरे । उनीहरुले बोर्ड समक्ष पेश गरेका माग भने नयाँ होईनन्   यद्दपि, यी मागहरु नयाँ भने होइनन् । जब शेयर बजार घट्छ तब उनीहरु बजार सुधारको नारा अलाप्दै निमामक निकायमा पुग्ने गरेको दृष्टान्त हो यो  ।  जब नयाँ सरकार गठन हुन्छ, […]

सम्पत्ति छानबिनको जोडदार माग उठेको समयमा विभागको नेतृत्वमा आए ठाकुर, कसरी अघि बढ्ला सम्पत्ति शुद्धीकरणको विषय  ?

काठमाडौं । पछिल्लो समय मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै सम्पत्ति शुद्धीकरणको विषयले प्राथमिकता पाएको छ । जेनजी आन्दोलनका कारण सरकार परिवर्तन भएको अवस्थामा उनीहरुले सम्पत्ति शुद्धीकरणको समेत माग गर्दै आएका छन् । जेन–जी पुस्ताले आफ्नो प्रमुख माग २०४६ सालदेखि यता बनेका सरकार र ती सरकार सञ्चालनको क्रममा भएको भ्रष्टाचार छानबिनको माग गरेका छन् । साथै २०४६ […]

यूकेमा क्रिप्टोकरेन्सी सम्बन्धी नियम परिवर्तन, लगानीकर्तालाई चेतावनी

काठमाडौं । यूकेको लगानी बजारमा हालै क्रिप्टोकरेन्सी सम्बन्धी ऐतिहासिक परिवर्तन भएको छ । अक्टोबर ८ देखि पुरानो रोक हटाइएपछि खुद्रा लगानीकर्ताहरू अब क्रिप्टो एक्सचेञ्ज-ट्रेडेड नोट्स (ETNs) मा लगानी गर्न सक्ने भएका छन्। ETNs भनेको विशेष सम्पत्तिसँग जोडिएको ऋण उपकरण हो, जसले लगानीकर्तालाई डिजिटल टोकनहरूमार्फत बजारमा एक्सपोजर दिन्छ। सरकारले यस कदमलाई यूकेको क्रिप्टो उद्योगको वृद्धिलाई प्रोत्साहित गर्ने […]

७ वर्षमा करिब ३ खर्बको मोबाइल आयात, किन छैन आन्तिरक उत्पादनमा चासो ?

काठमाडौं । मुलुकमा उत्पादनको सम्भावन रहँदा पनि वेवास्ताको सिकार भएको कारण मोबाइल आयात हरेक वर्ष बढ्दो छ । मोबाइल आयात बढ्दै जाँदा स्वदेशी मुद्रा भने ठूलो मात्रामा बाहिरिएको छ । सरकारी तथ्यांक अनुरुप पछिल्लो सात वर्षमा २ खर्ब ९० करोड मूल्य बराबरको २ करोड २२ लाख वटा मोबाइल आयात भएको छ । सो मूल्य बराबर […]

सुनको मूल्य प्रतिऔंस ४९ सय डलरसम्म पुग्ने प्रक्षेपण, यस्तो भए नेपाली बजारमा भाउ कति पुग्ला ?

काठमाडौं । विश्व बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४६ डलरमा (यो समाचार तयार पार्दै गर्दा, ३ः४० बजे) कारोबार हुँदैछ । यो हालसम्मकै उच्च मूल्य हो । विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ बढेको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । सुनको मूल्य विश्व बजारमा दैनिक […]

सूचीकृत १२ हाइड्रोपावरको उत्पादन बन्द हुँदा १२३ मेगावाट विद्युत आपूर्तिमा असर, १२ वटै कम्पनीको सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । सूचीकृत १२ वटा हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट १२३.१६ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । असोज १७ गतेदेखि १९ गतेसम्म आएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । त्यसैले यी कम्पनीहरुले सञ्चालन गरेको आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । यता, माई भ्याली हाइड्रोपावरले सञ्चालन गरेको माई सी क्यासकेड आयोजनाको ५.१ मेवा […]

सूचीकृत सानिमा माईसहित यी ४ हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाडौं । नेप्सेमा सूचीकृत सानिमा माई हाइड्रोपावर, सान्भि इनर्जी, सामलिङ्ग पावर र एशियन हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको विद्युत आयोजनमा बाढीका कारण क्षति पुगेको छ । जसकारण यी आयोजनाहरुबाट विद्युत उत्पादत पूर्ण रुपमा बन्द भएको कम्पनीहरुले जनाएका छन् । असोज १८ गते भएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । खोलाहरुमा अझै बाढी आउने क्रम […]

सञ्चालनमा रहेका ८ म्युचुअल फन्ड मात्रै नाफामा, कुनको अवस्था कस्तो ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले भदौ महिनामा समग्र १ अर्ब ४३ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका थिए । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा […]

सेयर धितो कर्जा ५६ प्रतिशतले बढ्यो, अरु कुन-कुन क्षेत्रमा कति गयो ऋण ?

काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह भएको छ । अघिल्लो वर्षको असारसम्म बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । १ वर्षमा यस्तो कर्जा ५६.१७ प्रतिशतले बढेको हो । यता, गत […]