स्पष्ट कानुन नहुँदा यस्ता कम्पनीहरुको आइपीओ प्रकृया अझै अगाडि बढेन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा स्पष्ट कानुन नहुँदा हाल नेप्सेमा सूचीकृत भएका भन्दा फरक प्रकृतिका कम्पनीहरुले आइपीओ जारी गर्न पाएका छैनन् । आइटी, हेलिकप्टर, टेलिभिजन, हस्पिटललगायत नयाँ क्षेत्र र फरक ‘बिजनेस नेचर’ भएका कम्पनीहरुको आइपीओ अनुमति नपाएका हुन् । धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन नगर्दासम्म यस्ता कम्पनीहरुको आइपीओ पकृया अन्योल नै देखिएको छ । […]

सेयर बिक्रीको रकम नपाएको भन्दै उजुरी दिनेको ओइरो, बैंक इन्ट्रिग्रेसनको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ब्रोकर कम्पनीहरुले लगानीकर्ताको सेयर बिक्री रकम समयमा नदिएको भन्दै उजुरी दिनेहरुको ओइरो लागेको छ । धेरै लगानीकर्ताले सेयर बिक्री गरेको थुप्रै समयसम्म पनि रकम नपाएको गुनासो गर्दै बोर्डमा उजुरी दिएका छन् । यस विषयमा बोर्डले गम्भिर ध्यान दिन थालेको छ र समस्या दोहोरिन नदिन नयाँ उपाय खोजिरहेको छ । बोर्डका […]

विकास बैंकहरुको नाफा ४ अर्ब १३ करोड, ४ वटाले घाटा व्यहोर्दा अरुले कति कमाए ?

काठमाडौं । विकास बैंकहरुले ७ महिनामा ४ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विकास बैंकहरुले ४ अर्ब १ करोड ३३ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ५७.५७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा यी बैंकहरुले २ अर्ब ५४ करोड मुनाफा आर्जन गरेका […]

बैंकहरुले ७ महिनामा कमाए ३८ अर्ब नाफा, कुमारीको ३३० प्रतिशत बढ्यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले ७ महिनामा ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ५.४० प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा यी बैंकहरुले ३६ अर्ब ६ करोड मुनाफा आर्जन गरेका थिए । […]

रास्वपा सरकारले वित्तमन्त्री मनमोहन सिंहले उदार अर्थनीतिमार्फत् बनाएको भारतको सिको गरेर अघि बढ्ला ?

काठमाडौं । अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारतले ९० को दशकमा ठूलो आर्थिक सुधारको कदम चालेको थियो । भारतमा त्यससमय विदेशी मुद्रा संकट, कमजोर उत्पादन र आर्थिक पतनको जोखिम थियो । सोसमय वित्तमन्त्री मनमोहन सिंहले प्रस्तुत गरेको बजेटले देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने कदम चाल्यो । सिंहले मुद्रास्फीति नियन्त्रण, आयात कर कटौती, विदेशी लगानी आकर्षण, […]

सार्वजनिक संस्थान वर्गीकरणमा नयाँ सरकारलाई ‘रातो कार्पेट’

काठमाडौं । अर्थ मन्त्रालय सार्वजनिक संस्थानलाई लिएर सकारात्मक रहेको छ । सरकारलाई आर्थिक भार पारिरहेको सार्वजनिक संस्थानलाई आवश्यकता अनुरुप वर्गीकरणका लागि मन्त्रालय तयार रहेको छ । सार्वजनिक संस्थानले सार्वजनिक वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्न सरकारको नीति, प्राथमिकता र लगानीमा सञ्चालित व्यवस्थापकीय स्वात्तता प्राप्त गरी सञ्चालनमा रहेका थिए । लोककल्याणकारी राज्यको अवधारणालाई अनुसरण गर्दै आधारभूत […]

कर्णाली प्रदेशमा श्रम संस्कृति पार्टीको सबैभन्दा कम समानुपातिक मत, कुन प्रदेशबाट कति ?

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ देशभर कुल ३ लाख ५९ हजार २५५ मत प्राप्त गरेको छ । प्रदेशगत रूपमा हेर्दा पार्टीले सबैभन्दा धेरै मत कोशी प्रदेशबाट पाएको देखिएको छ भने सबैभन्दा कम मत कर्णाली प्रदेशबाट पाएको छ । कोशी प्रदेशमा श्रम संस्कृति पार्टीले २ लाख ६७ हजार १४६ मत प्राप्त गरेको हो । त्यसैगरी बागमती […]

मधेश प्रदेशमा रास्वपाले पायो सबैभन्दा धेरै समानुपातिक मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ देशभरी कुल ५० लाख ३० हजार २७६ मत प्राप्त गरेको छ । प्रदेशगत रुपमा हेर्दा रास्वपाले सबैभन्दा धेरै मत मधेश प्रदेशबाट पाएको देखिएको छ । मधेश प्रदेशमा रास्वपाले १२ लाख १४ हजार १३९ मत प्राप्त गरेको हो । यो समाचार तयार पार्दै गर्दा (१२ बजेर ३९ मिनेटसम्म) १ […]

बालेन्द्र तथा रास्वपालाई अर्थतन्त्रको जिम्मेवारी : ३.५ प्रतिशत आर्थिक वृद्धिदर, पौने ३३ खर्ब ऋण ,करिब ६ खर्ब एफडीआईमा वृद्धिदरर करिब १७ खर्ब बजेट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत प्राप्त गर्ने सुनिश्चित भएको छ । यो सँगै रास्वपाले सरकार बनाउने छ । सरकार बनाए सँगै मुलुकको अर्थतन्त्रको बागडोर रास्वपाले सम्हालनुपर्ने हुन्छ । रास्वपाले प्रधानमन्त्रीको रुपमा काठमाडौंका पूर्वमेयर बालेन्द्र साह (बालेन) लाई अघि सारेको छ , त्यसैले गर्दा मुलुकको अथतन्त्रको बागडोर रास्वपा अर्थात् बालेनको […]

फागुन २६ गतेसम्म आइपीओ बिक्री खुला रहने शिखर पावर डेभलपमेन्ट कस्तो छ ? हेरौं

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ९८ करोडको ३२.६५ […]