म्युचुअल फन्डहरुको सेयर बजारमा ५८ अर्ब २४ करोड लगानी, २१ वटा मात्रै नाफामा, कुन-कुन हुन् ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले सेयर बजारमा ५८ अर्ब भन्दा धेरै लगानी गरेका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा ५६ वटा फन्डहरुले सेयर बजारमा ५८ अर्ब २४ करोड रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा ४.३७ प्रतिशत धेरै हो । अघिल्लो महिना अर्थात, पुसमा फन्डहरुको सेयर बजारमा ५५ अर्ब ८० करोड […]

१२० भन्दा बढी कम्पनीको साधारण सभामा आइपीओ प्रस्ताव पेश, जम्मा १३ वटाले मात्र दिए लाभांश

काठमाडौं । चालु आर्थिक वर्षमा १०० भन्दा धेरै पब्लिक कम्पनीहरुले आइपीओ प्रस्ताव साधारण सभामा पेश गरेका छन् । आर्थिक वर्ष २०८२-८३ को फागुन १४ गतेसम्म आइपुग्दा कुल १२२ वटा कम्पनीहरुले वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव अघि सारेका छन् । जसमध्ये, अधिकांसले सभाबाट उक्त प्रस्ताव पारित गरिसकेका छन् भने केहीको सभामा सो एजेन्डा पेश […]

श्रमका लागि सरकारले १६ वटा मुलुकसँग अघि बढायो द्धिपक्षीय सम्झौता प्रक्रिया

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ वटा मुलुकसँग द्धिपक्षीय सम्झौता (बीएलए) गर्ने तयारी गरेको छ । मन्त्रालयले अल्वानिया, अस्ट्रिया, टर्की, माल्टा, माल्दिभ्स, सर्विया र साइप्रसमा द्धिपक्षीय सम्झौता प्रक्रिया अघि बढाएको हो । त्यस्तै लक्जम्वर्ग, ब्रुनाई, पोल्याण्ड, बोस्निया र हर्जगोभिना, क्रोयसिया, बेल्जियम, थाइल्याण्ड, अस्ट्रेलिया र भियतनामसँग पनि द्धिपक्षीय सम्झौताको प्रक्रिया अघि बढाएको हो । […]

यी देशहरुमा अझै छैन स्टक एक्सचेन्ज, कुन-कुन हुन् ?

काठमाडौं । विश्वका ३३ राष्ट्रमा अझै पनि सेयर कारोबार गर्नका लागि स्टक एक्सचेन्ज स्थापना भएको छैन ।  यी देशहरुमा स्टक एक्सचेन्ज नहुनुका कारणहरु फरक फरक छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार धेरै अफ्रिकी र केही एसियाली देशहरुमा राजनीतिक अस्थिरता, द्वन्द र कमजोर वित्तीय प्रणालीका कारण बजार विकास गर्न सकिएको छैन । सोही क्रममा अफगानिस्तान दशकीय द्वन्दका कारण […]

‘अर्थतन्त्र र लगानीकर्ता बचाउन दोहोरो आइजिन आवश्यक’, सिंगल आइजिनले लगानीकर्ता भाग्ने खतरा बढ्छ ?

काठमाडौं । संस्थापक र साधारण सेयरको छुट्टा छुट्टै इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजीन) को माग सरोकारावालाहरुले गरेका छन् ।  सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले सोमबार आयोजना गरेको कार्यक्रममा सेयर बजारका लगानीकर्ता, ब्रोकरदेखि मर्चेन्ट बैंकरले पनि दोहोरो आइजिनको व्यवस्था हुने पर्नेमा जोड दिए । उनीहरुले सिंगल आइजिनका कारण धेरै लगानीकर्ताहरु फसेको र अझै फस्न सक्ने भन्दै […]

भारतमा सिमेन्ट निर्यात गर्दै आइरहेको पाल्पा सिमेन्ट इण्डष्ट्रीजले मंगलबारदेखि आइपीओ बिक्री खुला गर्दै, कस्तो छ कम्पनी ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले मंगलबार, फागुन १२ गतेदेखि आइपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोडको २० प्रतिशत […]

दलहरुको १०० अर्ब डलर जीडीपी लक्ष्य: यथार्थभन्दा टाढाको राजनीतिक नारा, अत्यधिक महत्वाकांक्षी भएको हो ?

काठमाडौं । आगामी निर्वाचनका लागि मुलुकका ३ प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आ आफ्ना घोषणापत्र जारी गर्दै अर्थतन्त्रमा तीव्र वृद्धि हासिल गर्ने लक्ष्य लिएका छन् । एमालेले ५ वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)  १०० खर्ब रुपैयाँ र १० वर्षमा २०० खर्ब पुर्याउने बताएको छ । […]

हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी २८ अर्ब २० करोड, नाफा ७ अर्ब रुपैयाँ माथि

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुले ७ अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म सूचीकृत ९३ वटा हाइड्रोपावर कम्पनीहरुले समग्रमा ७ अर्ब ५ करोड ८१ लाख नाफा कमाएका छन् । जसमध्ये १७ वटा कम्पनीले खुद घाटा व्यहोरेका छन् । बाँकी कम्पनी भने नाफामा छन् । यता, रसुवागढी हाइड्रोपावरको घाटा १ अर्ब भन्दा […]

लघु बिमा कम्पनीहरुको नाफामा ११२ प्रतिशतको वृद्धि, बिमा शुल्क संकलन पनि बढ्यो

काठमाडौं । सञ्चालनमा रहेका लघुबिमा कम्पनीहरुले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका छन् । दुवै लघु निर्जीवन र लघु जीवन बिमा कम्पनीहरुले ६ महिनामा उक्त रकम बराबरको नाफा आर्जन गरेका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा ११२.५६ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका […]

होटल्स तथा पर्यटन समूहका २ कम्पनी मात्र नाफामा, ६ महिनामा गरे २ अर्ब ६४ करोड आम्दानी, कुनको कति ?

काठमाडौं । होटल तथा पर्यटन समूहमा सूचीबद्ध कम्पनीहरुले समग्रमा साढे ८ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म ७ वटा कम्पनीहरुले समग्रमा ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअवधिसम्म आइपुग्दा ७ मध्ये २ वटा कम्पनी मात्र नाफामा छन् । सोल्टी होटल र कालिन्चोक दर्शन मात्र नाफामा छन् । सोल्टीले ६ […]