साङ्ग्रिला इन्टरनेशनल फ्रेट र उपायबिच नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा ढुवानी सेवा प्रदान गर्न सम्झौता
काठमाडौं । साङ्ग्रिला इन्टरनेशनल फ्रेट प्रालि (एसआईएफएल) अग्रणी अन्तर्राष्ट्रिय फ्रेट फर्वार्डिङ कम्पनी डीएसभीको नेपालको एकमात्र आधिकारिक एजेन्ट र उपाय सिटी कार्गो प्रालि (उपाय), नेपालकै भरपर्दो प्रविधिमा आधारित ढुवानी सेवा प्रदायकबिच साझेदारी स्थापनाको उद्देश्यले काठमाडौंमा आयोजित एक कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यो साझेदारीले नेपालको ढुवानी क्षेत्रलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ । […]

