९ महिनामा एनसेलले सरकारलाई बुझायो १४ अर्ब ५९ करोड राजस्व

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारलाई १४ अर्ब ५९ करोड रुपैयाँ कर तथा शुल्क बुझाएको जनाएको छ। कम्पनीले विभिन्न ११ शीर्षकमा उक्त रकम सरकारी खातामा जम्मा गरेको हो। कम्पनीका अनुसार स्थापनाकाल आर्थिक वर्ष २०६१/६२ देखि गत आर्थिक वर्ष २०८१/८२ सम्म एनसेलले राज्यलाई कुल ३ […]

ओम मेगाश्री फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्स मर्ज हुने

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति गर्ने भएको छ ।  ओम मेगाश्री फर्मास्युटिकल्सको असार २ गते साँझ ६:१५ बजे बसेको संचालक समितिको बैठकले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति गर्ने निर्णय गरेको हो । सोहि बमोजिम आज असार ३ गते बिहान ८ बजे  दुवै कम्पनीबिज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको […]

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्यमा जोड

काठमाडौं । श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभावकारी सञ्चालन रणनीति सम्बन्धी राष्ट्रिय कार्यशाला’ […]

११ महिनामा ४७अर्ब ६१ करोड एफडीआई प्रतिवद्धता

काठमाडौं ।  नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा पछिल्लो ११ महिनामा करिब  ४७ अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ९१४ वटा उद्योग तथा व्यवसायको लागि ४७ अर्ब ६१ करोड ६९ लाख एफडीआई प्रतिवद्धता आएको विभागले जनाएको छ । विभागको अनुसार समीक्षा अवधिमा अटोमेटिक प्रणालीमार्फत् ७ अर्ब ७१ […]

आइपीओ बिक्री खुला गरेको सर्वोत्तम पेन्ट्स , कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सर्वोत्तम पेन्ट्सले  आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ २८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३४ करोडको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको प्रति […]

घोराही सिमेन्टको लक इन अवधि असार ३१ गते सकिने

काठमाडौं ।घोराही सिमेन्ट इण्डष्ट्रीको संस्थापक समूह तथा कम्पनीको कर्मचारीहरुलाई र  प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि छुट्टाइएको सेयरको लक इन अवधि असार ३१ गते सकिने भएको छ । कम्पनिको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्त सेयरको लक-इन अवधि सकिना लागेको हो ।  हाल कम्पनीको संस्थापकहरुको ४ करोड १  लाख ९५ हजार ६३४  कित्ता […]

स्वदेशी उत्पादन बढाउन सरकारको जोड:प्रधानमन्त्री र मन्त्रीहरूलाई डीडीसीका उत्पादन वितरण

काठमाडौं । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवद्र्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डालाई मुख्य रूपमा उठाएकी  हुन। बैठकमा […]

नयाँ शोरुमसँगै चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको उपस्थिति

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँएको छ । चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ  । चितवनको रत्ननगरमा आधिकारिक रूपमा उद्घाटन गरिएको उक्त सो रुमको  शुभारम्भ कार्यक्रममा […]

लिटमस इन्डस्ट्रिज ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’को रुपमा सम्मानित

काठमाडौं । भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगको रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई  नेपाल उधोग  परिसघले सम्मान गरेको छ कम्पनीका अनुसार, यो उपलब्धिले लिटमसको गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस सम्मानले नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउँदै, निर्यातको दायरा विस्तार गर्न तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने लिटमसको प्रयासलाई थप पुष्टि गरेको छ। […]

बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारी सिर्जनाको आधारमा मूल्यांकन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । निजी क्षेत्रले चालु आर्थिक वर्षको बजेटलाई सकारात्मक रूपमा लिँदै यसले अर्थतन्त्रमा आत्मविश्वास र गति फर्काउने अपेक्षा गरेको छ। यद्यपि बजेटले समातेको दिशा सही भए पनि यसको सफलता प्रभावकारी कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रको धारणा छ। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) अध्यक्ष अन्जन श्रेष्ठले बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै बजेटलाई […]