गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र

काठमाडौं । शिवराज–६ कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा. लि. मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अघि बढेको छ। कम्पनीका अध्यक्ष अर्जुन चौलागाईको नेतृत्वमा बनेको नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने लक्ष्य लिएको हो। अध्यक्ष चौलागाईसँगै संयुक्त राज्य अमेरिका निवासी एनआरएन विषम पाण्डे र नेपालमा व्यवसायिक रूपमा […]

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी […]

नेपाल ल्यूब आयलको ३४औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं ।  नेपाल ल्यूब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ। कठिन आर्थिक परिस्थितिसहितका चुनौतीपूर्ण अवस्था माझ पनि कम्पनीले शेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च […]

पर्सामा १ अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता

वीरगञ्ज  । गत आर्थिक वर्षमा पर्सामा रु १ अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै ९  सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् । गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ रु १ अर्ब करोड ७७ लाख ९ हजार ३६० रहेको छ । त्यस्तै चालुपुँजीतर्फ भने रु ६७ […]

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह, रोजगारी र निर्यात प्रभावित हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने भन्दै निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न आग्रह गरेको हो । नेपालको वैदेशिक व्यापारमा निर्यातको स्थिति अति कमजोर भई व्यापार घाटा दिनानुदिन बढ्दै […]

केबलकार आयोजना र पेट्रोलियम पाइप लाइन राष्ट्रिय प्राथमिकता आयोजनामा निर्धारण

काठमाडौं । सरकारले पेट्रोलियम पाइपलाइन देखि केबलकारसम्मका आयोजनाहरु राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको छ । असोज २३ गते आइतबार नेपाल रजपत्रमा सुचना प्रकाशन गर्दे आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । उधोग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरे सँगै उक्त आयोजनाहरु   राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गरिएको हो । मन्त्रिपरिषद्ले बैठकले प्राथमिकता प्राप्त आयोजनामा औधोगिक ग्राम , […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपीओ बिक्री खुला, हेरौं कस्तो छ कम्पनी ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता सेयर बिक्री खुला गरेको हो । श्रीनगरले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० […]

निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दैे निर्यातमा दिईदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो । आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी बन्न […]

नौ सय ६३ उद्योग दर्ता पर्सामा

वीरगञ्ज (पर्सा) । पर्सामा गत आर्थिक वर्षमा ९६३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८०/८१ को तुलनामा गत आवमा ६६ वटा बढी घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । आव २०८०/८१ मा भने ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग […]

अर्थमन्त्रीद्वारा क्षतिग्रस्त हिल्टन होटलको निरीक्षण, पुनः सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा तोडफोड, चोरी र आगजनीका कारण ठुलो मात्रामा क्षतिग्रस्त बनेको हिल्टन होटलको अर्थमन्त्री रामेश्वर खनालले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री खनालले होटल पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग र समन्वय गर्न सरकारले तयार रहेको प्रतिवद्धता व्यक्त गरे । शंकर ग्रुप अन्तर्गतको हिल्टन होटलमा […]