औद्योगिक क्षेत्रको कुल सम्पत्ति ५६ अर्ब ४६ करोड बढी, कस्तो छ औद्योगिक क्षेत्रको स्थिति ? (विस्तृतमा)

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कुल सम्पत्ति करिब साढे ५६ अर्ब पुगेको छ । औद्योगिक क्षेत्रको कुल सम्पत्ति ५६ अर्ब ४६ करोड २२ लाख ७५ हजार रुपैयाँ पुगेको छ। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार संस्थासँग चल तथा अचल गरी उल्लेख्य सम्पत्ति रहेको (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विवरणअनुसार चल सम्पत्तिअन्तर्गत बैंक मौज्दात तथा […]

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौं । सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ । विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित बेग्लै मन्त्रालय गठन गरिएको छ । विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नीतिगत अस्पष्टता र बजेटको अपर्याप्तताका कारण दक्ष जनशक्ति उत्पादनको उचित वातावरण […]

औद्योगिक सम्पत्ति विधेयकले लगानी, नवप्रवर्तन र रोजगारी प्रवर्द्धन गर्ने सरकारको अपेक्षा, सुझाव दिन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक सम्पत्ति सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला तथा सर्वसाधारणसँग सुझाव मागेको छ। मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम मस्यौदा सार्वजनिक गरेको हो। मन्त्रालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र [email protected] मा राय, सुझाव तथा प्रतिक्रिया […]

करिब १ हजार स्टार्ट अप परियोजनाहरू छनौट, उद्यमीलाई बैंकको सम्पर्कमा आउन आग्रह (सूचीसहित)

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रमअन्तर्गत कर्जाका लागि सिफारिस भएका परियोजनाको अन्तिम विवरण सार्वजनिक गरेको छ। प्रस्तुतीकरण र बैंकबाट गरिएको क्रेडिट अप्राइजलको संयुक्त मूल्याङ्कनका आधारमा  ९९६ (जना) परियोजनाहरू छनोट गरी कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार प्रारम्भिक चरणमा योग्य ठहरिएका १ हजार २९८ परियोजनाका प्रस्तावकलाई प्रस्तुतीकरणका लागि […]

उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

काठमाडौं । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। उधोग बाणिज्य तथा आपुर्ति मनत्रालयले  लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता […]

भोटेकोसी हेली रिसोर्ट एन्ड स्पाको धितो सम्पत्ति तेस्रोपटक लिलामीमा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले ऋण असुलीका लागि सिन्धुपाल्चोकस्थित राखेको छ। पटक–पटक कर्जा नियमित गर्न ताकेता गर्दा पनि ऋणी पक्षबाट भुक्तानी नभएपछि बैंकले सार्वजनिक बोलकबोलमार्फत सम्पत्ति बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकले जारी गरेको सूचनाअनुसार रिसोर्टको करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना बिक्रीका लागि १५ दिनभित्र […]

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार 

काठमाडौं । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरीका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् । […]

१९ फर्ममा वाणिज्य विभागको छापा, तीनलाई २ लाख १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा बुधबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका तीन कम्पनीलाई कुल २ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटल प्रालि (केशर क्याफे) ले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीत […]

सार्वजनिक संस्थानका कर्मचारीलाई ‘एआई’ प्रयोग तालिम दिने

काठमाडौं । उद्योग तथा उत्पादन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तथा पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीहरूलाई एआईको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। चालु आर्थिक वर्षभित्र दुई वटा कार्यक्रम सञ्चालन […]

अञ्जन श्रेष्ठले गरे महासंघको सल्लाहकार सहित परिषद् सहित समिति सभापतिको मनोनित

काठमाडौं ।  नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अय्जन श्रेष्ठले आज बसेको दोस्रो कार्यकारिणी समितिको बैठकबाट सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेका छन्  । उनले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका हुन्  । यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर […]