आईपीओ अनुमति पर्खिरहेको जस्मिन पेन्ट्स आम्दानी २३ प्रतिशतले बढ्यो, ऋण तिर्ने क्षमतामा उच्च वृद्धि

काठमाडौं । सर्वसाधारणको लागि आईपीआओ निष्कासनको अनुमति पर्खिरहेको जस्मिन पेन्ट्स  लिमिटेडले गत आर्थिक वर्षमा वित्तीय प्रगति गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडका अनुसार कम्पनीले गत वर्ष (सन् २०२५) मा ८३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष (सन् २०२४) को ६७ करोड ५० लाख रुपैयाँको तुलनामा २३.३ प्रतिशतको […]

निजी क्षेत्रका प्रमुख छातासंगठनका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने-‘ठोस सुधार प्रस्ताव ल्याउनुहोस्, सरकार कार्यान्वयन गर्न तयार छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार र समृद्धि हासिल गर्ने विषयमा निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीआइएन) र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सहितका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रको बारेमा निजी क्षेत्रका […]

प्रधानमन्त्रीले उद्योगी तथा व्यवासायीसँग निरन्तर भेट वार्ता गर्ने, निर्माण, आईटी,उर्जा, पर्यटन उद्योग पहिलो प्राथमिकतामा

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवासायीसँग निरन्तर भेट वार्ता गर्ने भएका छन् । सो क्रममा उनले बुधबार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीआइएन) र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सहितका प्रतिनिधिसँग छलफल भेटवार्ता गरेका थिए । सोही सिलसिलालाई निरन्तरता दिने क्रममा प्रधानमन्त्री शाहले आज बिहीबार नेपाल निर्माण […]

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने सकारात्मक प्रयास गरेको बताएका छन्। मौद्रिक नीतिप्रति प्रतिक्रिया दिँदै मल्लले नीतिले बजारमा विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने केही सकारात्मक व्यवस्था समेटेको उल्लेख गरे। तर निजी क्षेत्रले अपेक्षा […]

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् । नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे । उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै […]

मौद्रिक नीतिमा ब्याजदरभन्दा लगानीको वातावरण र पूँजी परिचालनलाई जोड दिनुपर्छः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि प्रतिनिधि सभा अन्तरगत अर्थ समितिलाई सुझाव दिदै अर्थतन्त्रको वर्तमान चुनौती ब्याजदर मात्र नभई लगानीको माग र पुँजी परिचालन रहेकोले त्यसलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउनु पर्ने सुझाव दिएको छ । सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा महासंघको सुझाव पेश गर्दै महासंघका […]

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्री यादवको छड्के अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाएको भन्दै प्रविधिमैत्री सेवा विस्तार र पारदर्शी सेवा प्रवाहमा जोड दिएकी छन्। शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयको छड्के अनुगमन गर्दै मन्त्री यादवले मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित कार्यालयका विभिन्न शाखाको निरीक्षण गरी सेवाग्राहीलाई सहज, छिटो र झन्झटरहित सेवा […]

युवा उद्यमशीलतामै नेपालको समृद्धि जोडिएको छ :सदस्य मल्ल

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको ठूलो सम्भावना रहेको भन्दै उद्यमशीलता प्रवद्र्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कार कार्यक्रममा बोल्दै मल्लले अमेरिकामा १७ वर्ष अध्ययन र काम गरेपछि नेपाल फर्किनुको मुख्य कारण गाउँ–गाउँमा रहेका युवा तथा महिला उद्यमीको […]

औद्योगिक क्षेत्रको कुल सम्पत्ति ५६ अर्ब ४६ करोड बढी, कस्तो छ औद्योगिक क्षेत्रको स्थिति ? (विस्तृतमा)

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कुल सम्पत्ति करिब साढे ५६ अर्ब पुगेको छ । औद्योगिक क्षेत्रको कुल सम्पत्ति ५६ अर्ब ४६ करोड २२ लाख ७५ हजार रुपैयाँ पुगेको छ। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार संस्थासँग चल तथा अचल गरी उल्लेख्य सम्पत्ति रहेको (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विवरणअनुसार चल सम्पत्तिअन्तर्गत बैंक मौज्दात तथा […]

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौं । सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ । विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित बेग्लै मन्त्रालय गठन गरिएको छ । विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नीतिगत अस्पष्टता र बजेटको अपर्याप्तताका कारण दक्ष जनशक्ति उत्पादनको उचित वातावरण […]