उद्योगमा विद्युत लाइन नकाट्ने प्राधिकरणको निर्णय, बक्यौता उठाउन वैकल्पिक उपाय अपनाइने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूमा तत्काल विद्युत लाइन नकाट्ने निर्णय गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले उद्योगहरूसँगको विद्युत महसुल बक्यौता उठाउन वैकल्पिक उपाय अपनाउने सहमति गर्दै लाइन नकाट्ने निर्णय लिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको नेतृत्वमा बसेको बैठकले नियमन आयोगको निर्देशन पालना गर्नुपर्ने जनाएको छ। यसअघि, मंगलबार विद्युत नियमन आयोगले […]

