आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष  २०८३–०८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझावहरु प्रस्तुत गरेको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा […]

सन फार्माले अर्गानन किन्न सहमति

काठमाडौं । भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा ठूलो कदम चालेको छ । भारतको सन फार्मास्युटिकलले अमेरिकी महिला स्वास्थ्य सेवा कम्पनी अर्गाननलाई ११ अर्ब ७५ करोड डलरमा खरिद गर्ने सम्झौता गरेको घोषणा गरेको छ । यसलाई भारतीय औषधि कम्पनीहरूको रणनीतिक रूपान्तरणको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ । सोमबार सार्वजनिक गरिएको संयुक्त […]

महिला चेम्बर र हस्तकला महासङ्घबिच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासङ्घबिच हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले समौता गरिएको छ । सम्झौताअनुसार दुवै संस्थाले नेपाली कला, संस्कृति, हस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तरराष्ट्रियकरणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । विशेष गरी महिला उद्यमीलाई सशक्त बनाउने, […]

उद्योग वाणिज्य महासंघको निर्वाचन २२ वैशाखमा हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २२ वैशाखमा हुने भएको छ । ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २१ वैशाखमा उद्घाटन समारोह हुने र २२ वैशाखमा निर्वाचन हुने भएको छ । उद्घाटन समारोह होटल रोयल टुलिप, ग्वार्को ललितपुरमा हुने छ भने निर्वाचन कार्यक्रम नेपाल प्रज्ञा […]

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

काठमाडौं । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । “हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन् । तत्काल कच्चा पदार्थ आउने सम्भावना पनि छैन, कच्चा पदार्थका लागि सम्झौता भए पनि रकमको अभाव देखाउँदै ठेकेदारले […]

उद्यमी व्यवसायीलाई धरपकड गर्दा अर्थतन्त्र गम्भीर संकटमा पर्छः निजी क्षेत्र

काठमाडौं । शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेपछि निजी क्षेत्रका तीन प्रमुख संस्थाले गम्भीर आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। नयाँ सरकार गठनपछि मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण […]

विदेशी लगानीकर्ताले नेपालबाट लगे १६ अर्ब ८१ करोड लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको प्रतिफलस्वरूप पौने १७ अर्ब लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष नौ (साउन देखि चैतमसान्त) महिनामा विदेशी लगानीकर्ताले नेपालबाट १६ अर्ब ८१ करोड ७९ लाख लाभांश लगेका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ३१ करोड ८३ लाखले बढी […]

सदस्यता विवादमा शेखर गोल्छाको गैरकानूनी निर्णय, अल्पमतमा पर्ने भएपछि एकल सिफारिस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका १८ वटा वस्तुगत संघलाई मताधिकारसहितको सदस्यता नदिने सिफारिस भएपछि महासंघभित्र विवाद थप चुलिएको छ । महासंघका सदस्यता सिफारिस समितिका संयोजक एवं महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले यसअघि सदस्यता पाईसकेका संघहरुलाई गैरकानूनी रुपमा एकलौटी मापदण्ड नपुगेको भन्दै एकल निर्णय गर्दै सदस्यता सिफारिस गर्न नसकिने पत्र दिएपछि थप विवाद चुलिएको हो […]

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब ८० लाखको व्यापार भएको जनाइएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी […]

नेपाल-भारत सीमा क्षेत्रमा कडाइप्रति नेपाली बिस्कुट उत्पादक संघले गर्यो स्वागत

काठमाडौं । नेपाल बिस्कुट उत्पादक संघले सरकारले सीमावर्ती क्षेत्रमा अवैध आयात नियन्त्रण गर्न थालेको कदमको स्वागत गरेको छ । देशका ठूला १४ वटा बिस्कुट उद्योग समेत संघले जारी गरेको संयुक्त विज्ञप्तिमा यस्तो कडाइले स्वदेशी उद्योग संरक्षण, रोजगारी वृद्धि र राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। संघका अनुसार नेपालमा करिब ४० वटा […]