शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र भवनको उद्घाटन, साथै शैक्षिक सामग्री हस्तान्तरण सम्पन्न
काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजको आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह सम्पन्न भएको छ। विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सराहना गरे। […]


