बोटलर्स नेपाल बालाजु र तराई दुवैको नाफामा उच्च गिरावट

काठमाडौं । कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको वित्तीय अवस्था खस्किएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार दुवै कम्पनीको नाफामा गिरावट आएको देखिन्छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (बालाजु) को नाफा ७३.३२ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको ९ महिनामा अर्थात चैत मसान्तसम्ममा १ करोड ५९ […]

सुमेरु पोलिमर्सले थप पुँजी जुटाएर आईपीओ निष्काशन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता

काठमाडौं । नेपालमै पहिलो पटक पिभिसी, एचडिपिई, सिपिभिसी पाईप तथा फिटिङ्गस् सामानहरु उत्पादन गर्ने कम्पनी सुमेरु पोलिमर्स लिमिटेडले आगामी वर्ष सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजनाका साथ थप पूँजी जुटाउन आफ्नो कार्य अगाडी बढाएको छ । २०७४ सालमा प्राईवेट कम्पनीको रुपमा पनौति नगरपालिका वडा नम्बर ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक […]

६६१ युवा उद्यमी स्टार्टअप कर्जाका लागि सिफारिस

काठमाडौं । उद्यममा युवासँगै सरकार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा युवाहरूले सञ्चालन गरेका ६६१ परियोजना स्टार्टअप कर्जाका लागि छनोट भएका छन् । उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो । अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ […]

उद्योगी रामकुमार राठीलाई सरकारले गर्‍यो सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

काठमाडौं । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम आचिव्मेंट आवर्ड प्रदान गरेको छ । उधोगी राठीलाइ २९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो I कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी […]

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश उपमहासचिवमा यादवलाल […]

औद्योगिक समूहको तीन वटै क्षेत्रको वृद्धिदर धनात्मक हुने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष (आव) मा औद्योगिक समूहको वृद्धिदर धनात्मक हुने बताएको छ । उत्पादनमा भएको वृद्धि र आयातका कारण १८ वटा औद्योगिक समूहको वृद्धिदर धनात्मक हुने बताइएको हो । उक्त १८ वटा क्षेत्रलाई प्राथमिक क्षेत्र, द्धितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेको छ भने तीन वटै […]

लेवल बिना वस्तु बेच्ने कजारिया रमेश टायल्स वाणिज्य विभागको कारबाहीमा, भोलिपल्टै लेवलको नमुना सहित हाजिरी

काठमाडौं । कानुनविपरीत लेवल नराखी टायल्स र फिटिङ्स सामग्री बिक्री गर्दै आएको कजारिया रमेश टायल्समाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। सोमबार विभागको टोलीले कम्पनीको मुख्य कार्यालय सिनामंगलमा छापा मार्दा, लेवल विना उत्पादन र बिक्री भइरहेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ […]

विद्युत् प्राधिकरणले तत्काल श्वेतपत्र सार्वजनिकीकरण नगर्ने

काठमाडौं । विद्युत् प्राधिकरणले प्राविधिक कारण देखाउँदै आर्थिक अवस्थासहितको श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बास्तविक तथ्यांक नदेखाएको आरोप लगाउँदै श्वेतपत्र मंगलबार सार्वजनिक गर्ने बताए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले प्राविधिक कारणले घोषणा नगरेको बताए। प्राविधिक विषयहरु मिलाएर श्वेतपत्र भने सार्वजनिक गर्ने प्राधिकरणका […]

कानुन विपरीत हल्दीराम नेपालमा बिक्री, विभागले रोक्यो कारोबार

काठमाडौं । डीभी ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित एफएमसीजी इम्पोर्ट एण्ड डिस्ट्रीब्युसन कम्पनी विश्वनाथ ट्रेड हाउसले (लेवल)  नराखी खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हालैको अनुगमनमा विश्वनाथ ट्रेड हाउसले हल्दीराम भुजिया मसला बिना लेवल बजारमा विक्री गरेको भेटिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ अनुसार, […]

भाटभटेनी र बिगमार्टले अरुले उत्पादन गरेको वस्तुमा आफ्नो लेबल लगाउन नपाउने

काठमाडौं । भाटभटेनी सुपरमार्केट र बिगमार्टले आयातकर्ताबाट आयात भई आएका वस्तुहरूमा लेबल लगाउन नपाइने भएको छ । आयातित वस्तुमा आयातकर्ताबाट लेबल लगाएको वस्तु खरिद गरेर मात्र बिक्री वितरण गर्न पाउने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । भाटभटेनी र बिगमार्टले आफूले उत्पादन गरेका वस्तुहरूमा मात्र लेबल लगाउन पाइने भएको हो । वाणिज्य, आपूर्ति […]