१ करोड ४ लाखले घट्यो मध्यभोटोकोशी जलविद्युतका आम्दानी

काठमाडौं । मध्यभोटोकोशी जलविद्युतको कम्पनीको आम्दानी १ करोड ४ लाख ४२ हजार रुपैयाँले घटेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी उक्त आकारले घटेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ असारसम्मको आम्दानी २ करोड ६६ लाख रुपैयाँ रहेको बताएको […]

स्टार्ट–अप उद्यमलाई १७ करोड रुपैयाँ दिइयो

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्ट–अप उद्यमको लागि १७ करोड रुपैयाँ वितरण गरेको छ । स्टार्ट अप उद्यमको लागि गत आर्थिक वर्षको बजेटमा विनियोजित रकमस्वरुप १७ करोड रुपैयाँ वितरण गरिएको हो । गत आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत ७४ वटा परियोजनामार्फत एक सय ८३ वटा आयोजनामा उक्त रकम ऋण लगानी भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका […]

भेरी रिठ्ठा पात ब्रान्डमा डिटरजेन्ट पाउडर सार्वजनिक

काठमाडौं । नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सोमबार नेपालगन्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो । कम्पनीका संचालक यज्ञ बहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर १५० ग्रामदेखि ४ किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी […]

विदेशी लगानीकर्तालाई धरौटी फिर्ता लैजान आग्रह

काठमाडौं । उद्योग विभागले विदेशी लगानीकर्तालाई विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजाने आग्रह गरेको छ । विभागतले बुधबार सार्वजनिक सूचना जारी गर्दै विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताहरुले ऐन, नियमावलीमा तोकिएको समय भित्र लगानी भित्राई उद्योग सञ्चालन गरेको जानकारी सहित ३५ दिन भित्र विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजान आग्रह […]

आइजिआइ र बालाजु अटोबीचनगदरहित दाबीका लागि सम्झौता

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि र अग्नि हायेर पर्चेज प्रा. लि.ले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ । बालाजु अटो वर्कस प्रा लि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख […]

स्वीट्जरल्याण्डको पहिलो लगानी नेपालको चाउचाउ उद्योगमा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि स्वीट्जरल्याण्का राजदूत डानियल मेउल्ली मोन्टेलोनसँग भेटका क्रममा नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न आग्रह गरे । बुधबार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका राजदूत मोन्टेलोनसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक लगानी र वैदेशिक सहयोग उत्प्रेरित हुने बताएका थिए । तर, […]

टिफाको बैठक सेप्टेम्बर १६ र १७ मा नेपालमा बस्ने : अमेरिकी राजदूत

काठमाडौँ । नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा थम्सनसँग भएको भेटमा मन्त्री भण्डारीले अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए । उनले भने, “नेपालको आर्थिक, सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्याएको सहयोगका लागि […]

डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले महसुल विवादसम्बन्धी विषयलाई नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँगको छलफलबाट टुङ्गोमा पु¥याइदिन आग्रह गरेका हुन् । तत्कालका लागि तीन महिनाभित्र महसुलको विषय निरुपण गर्ने गरी […]

मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचक: नेपाल चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचक आएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्षहरु सकारात्मक र केही विषयहरु अझै सम्वोधन हुन नसकेको चेम्बरले जनाएको छ । मौद्रिक नीति मार्फत बंैकदर र नीतिगत दर घटाईएको विषयलाई चेम्बरले […]

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । उक्त कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ७७ उद्योगको अनुगमनपछि सङ्कलन गरिएको […]