प्रकृति विपदबाट उत्पन्न अवस्थाबाट आर्थिक गतिविधिमा संकुचन आउने: नेपाल उद्योग तथा व्यवसायी महासंघ

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशको राजधानी लगायत देशैभरी जनधनको ठूलो क्षति भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले यस अकल्पनीय विपदमा परी ज्यान गुमाउने सम्पुर्ण मृतकहरुप्रति प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेहरुको उपचार, उद्धार र राहतलाई अझै प्रभावकारी […]

कर्णाली टेक्निकल स्कुल निर्माण गर्न नेपाल इको प्यानलको प्रयोग

काठमाडौं । नेपाल इको प्यानलले देशव्यापी बजार पाउन थालेको छ । पछिल्लो पटक पश्चिम नेपालको जुम्लामा कर्णाली टेक्निकल स्कुल निर्माणमा नेपाल इको प्यानल प्रयोग गरिन थालेको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार, स्कुल निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको छ । निर्माण सामाग्री नेपाल इको प्यानल पुगेसँंगै छिट्टै निर्माण कार्य […]

भाटभटेनीले दियो  १ करोड ११ लाख प्राकृतिक विपत्ति उद्धार कोषलाई

काठमाडौं । असोज ११ गते देखि परको अनिरल बर्षाको कारण  बाढि पहिरो र डुबानमा देशब्यापी रुपमा धनजनको क्षेति भएको छ ।  राजमार्गहरु अझै सुचारु हुन सकेका छैनन् बेपत्ता नागरिक भेटिएका छैन । खोजी जारी छ । नागरिक घरबार बिहिन भएका छन् घाम र पानीबाट बच्व टाउको लुकाउने ठाउमा छैन । यो बिपत्तिको सामना सबै एक […]

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरण गर्न हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुँदै

काठमाडौं । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् । काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन् । यस्तै, […]

फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौका: जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट

काठमाडौं । दशैं, तिहार भनेको गरगहना खरिद गर्ने समय पनि हो । हाम्रा परम्परा र संस्कृतिमा सुनचाँदीका गरगहना अनिवार्य जस्तै छन् । पछिल्लो समय सुनको भाउ बढेको अवस्थामा ग्राहकहरुलाई सुनचाँदी तथा हिराका गरगहना खरिदमा सहुलियत प्रदान गर्ने उदेश्यले काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ […]

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गा हुने चन्द्र ढकालको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग […]

कोदोको बिस्कुट र कुकिज बिक्री सुरु

काठमाडौं । आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । “हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत एक ठूलो कदम चालेका […]

तपाँईको बजारले बाईक चढ्ने रहर पुरा गर्छ

काठमाडौं । बाईक चढ्ने रहर र सपना छ  थोरै पैसा भएर बाइक चढ्न आँठ पुगिरहेको छैन भने तपाँईलाई बाइक चढ्न सहयोयी बनेर आएको छ तपाँईको बजार । तपाँईको बजारले नयाँ तथा पुराना बाईक खरिदमा फाइनान्सको सुविधा सहित एउटै छाना मुनि विभिन्न चर्चित ब्राण्डका बाईकहरु बिक्रि बितरण गरिरहेको छ । तपाईको बजारले  बाइक/स्कुटर खरिदमा  ३ प्रकारका […]

सर्वोत्तम सिमेन्टको निशुल्क स्वास्थ्य शिविर सम्पन्न १ सय भन्दा बढीको उपचार

काठमाडौं । सर्वोत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित सर्वोत्तम ईष्ट प्राईभेट कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए। सो अवसरमा स्वास्थ्य जाँच गराएका सहभागीलाई कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको […]

काठमाडौं महानगरपालिकाका सबै वडाका घरेलु तथा साना उद्यमीहरुको सहभागितामा घरेलु उद्यमी मेला आयोजना हुने

काठमाडौं । ”स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । घरेलु […]