चीनसँग स्थलमार्गबाट हुने व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । गत असार २४ गतेको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट […]

होटल्स तथा पर्यटन समूहका कम्पनीले कमाएर १ अर्ब २५ करोड, एउटा भने घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले १२ महिनामा १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशत कम हो । अघिल्लो वर्ष यी संस्थाहरुले १ अर्ब २६ करोड नाफा कमाएका थिए । ओरियन्ट होटल्स नाफामा मात्रै ७६ प्रतिशतले घटेको […]

कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि तथा साना–मझौला उद्यम विकासमा सहकार्यको सम्झौता

काठमाडौं । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम एसइएमएस’ को विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा बन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल […]

महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग

पर्वत । पर्वतको महाशिला गाउँपालिका–६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन् विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन, अनुसन्धानमात्र गरेर फर्किएको थियो । भूगर्भविद्हरूले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो […]

सूचीकृत ३ सिमेन्ट कम्पनी नाफामा, कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुले १२ महिनामा १ अर्ब भन्दा धेरैको नाफा कमाएका छन् । समग्रमा यी कम्पनीहरुले १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ४ मध्ये एउटाले मात्र खुद घाटा व्यहोरेको छ । घोराही सिमेन्टले असारसम्म ६६ करोड ३ लाख घाटा व्यहोरेको छ । अरु […]

परियोजना धितो राख्ने स्टार्टअप उद्यममा आर्कषण : १ अर्ब विनयोजन युवाहरुले लिए साढे ८८ करोड बढी 

काठमाडौं । नविनतम ज्ञान र सीप सहित सञ्चालन गरिने स्टार्ट अप उद्यमका लागि सरकारले विनियोजन गरेको बजेटमा अधिकतम खर्च गर्न सकेको छ । उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक विकास प्रतिष्ठानले सञ्चालन गरेको स्टार्ट अप उद्यम कार्यक्रमका लागि सरकारले ८८ अर्ब बढी खर्च गरेको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ६०० वटा स्टार्टअप पयिोजनका लागि ८८ […]

५७ प्रतिशतले कमी आउँदा पनि नेपाल टेलिकमको नाफा २ अर्ब ६६ करोड बढी

काठमाडौं । नेपाल टेलिकमको नाफामा भारी गिरावटा आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ६६ करोड ८१ लाख नाफा गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको मुनाफा ३ अर्ब ५६ करोड अर्थात् ५७.२१ प्रतिशतले कमी आएको हो । गत आवको यसै अवधिमा ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको […]

ओरियन्टल होटल्सको नाफामा ७६ प्रतिशतको गिरावट

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको पछिल्लो वित्तीय प्रतिवेदनले नाफामा ठूलो गिरावट आएको देखाएको छ, जसले लगानीकर्ताहरूलाई अचम्ममा पारेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले जम्मा २ करोड ९५ लाख खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ७६ प्रतिशतले कम हो । अघिल्लो आवमा होटल्सको खुद नाफा १२ करोड ३९ लाख रहेको थियो । […]

हिमालयन डिष्टिलरीको आम्दानी ७ अर्ब २० करोड, नाफा कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेर ७ अर्ब २० करोड रुपैयाँ […]

यती एयरलाइन्सले नयाँ विमान थपेसँगै गर्यो आम्दानीमा सुधार, ९ महिनामा कमायो ४ अर्ब ११ करोड

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा ४ अर्ब २५ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, सन् २०२२ मा ३ अर्ब ९२ करोड र सन् २०२१ मा १ अर्ब […]