संचारकर्मीहरूसँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार विराटनगरमा संचारकर्मीहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी समाचार प्रकाशन एवम् प्रसारणमा बीमाको विकास, प्रवर्द्धन र बीमितको हितलाई प्राथमिकता दिन आग्रह गरे । अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी सम्बन्धी गुनासाहरूलाई सम्बोधन गर्दै दाबी भुक्तानीलाई थप […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आँउदै, शेयर निष्काशन तथा बिक्री प्रबन्धकका एनआईएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निश्काशन  गर्ने भएको छ । आइपिओ निश्काशनको लागि कम्पनीले एनआईएमबि एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ। सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल […]

कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने र आर्थिक मामिला तथा योजना […]

विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए । प्रमुख कोइरालाले अन्तर्राष्ट्रियस्तरमा विकसित बीमा सम्बन्धी नवीनतम् प्रविधि र अभ्यास नेपालमा […]

कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारी र बीमा सर्भेयरहरूसँग अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर आ-आफ्नो जिम्मेवारी अनुसार कार्य […]

 हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सको  ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीको संस्थापक शेयरधनी म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता शेयर बिक्रीमा राखेको हो । सो  शेयर अहिले कम्पनीका विध्यमान संस्थापक शेयरधनीले मात्रै […]

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा विध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको  १ लाख कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीका बिध्यमान संस्थापक शेयरधनीले मात्रै सो  खरिदका लागि आवेदन दिन सक्नेछन्। शेयर खरीद गर्न इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन भनेको छ  । बिक्रीमा रहेको  शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा […]

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कन्सर्टमा स्ट्याण्ड अप […]

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३१ गते विशेष साधारणसभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा बोलाएको छ साधारणसभाले सर्वसाधारणको लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ । आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने जनाइएको छ । साधारणसभाको प्रस्ताबमा आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न […]

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा प्रतिशेयर मूल्य कति

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संस्थापक २,७१,०४६ कित्ता शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता रु.३५० तोकिएको छ । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले आवश्यक कागजात सहित पन्ध्र दिन भित्र कम्पनीको प्रधान कार्यलय इसियन लाईफ भबन मैतिदेवीमा अवेदन दिन आब्हान गरेको छ ।