सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

