इलाममा सन नेपाल लाइफको हरित योगदान—१,००० बिरुवासहित अभियान

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। यस अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी १,००० फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाएको छ।कार्यक्रममा कम्पनीका तर्फबाट  प्रमुख […]

सानिमा रिलायन्स लाइपका बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ। यता सावधिक […]

गार्डियन माइक्रो लाइफले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न अख्तियारी […]

सिटिजन लाइफको सीईओमा पोषकराज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेल नियुक्त भएका छन्। शुक्रबार बसेको सञ्चालक समिति बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो। उनको कार्यकाल आगामी पुस ३० गतेदेखि लागू हुनेछ। योसँगै उनी ४ वर्ष सीईओ रहनेछन्।

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय […]

नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं ।नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले लुम्बिनी स्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबााट योग्य हुनु भएका ३४० जना अभिकर्ताहरु र विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको […]

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित  तीन शाखाको स्थान्तरण 

काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने रणनीतिअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्र अन्तर्गत  टाडि शाखा  (रत्ननगर टाडि २ ), भरतपुर शाखा (भरतपुर ३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरि  तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ कार्यालयमार्फत […]

असोज १८ गतेयता परेको वर्षा तथा बाढीको क्षतिमा ३ अर्ब ७८ करोडको बिमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । गएको असोज १८ गतेयता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म पौने ४ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ । बाढीले पुर्‍याएको क्षतिबापत हालसम्म ३ अर्ब ७८ करोड ४० लाखको दाबी परेको बिमा प्राधिकरणले जनाएको छ । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु […]

हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान

सर्लाही। विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पीस फोरम र चन्द्रनगर गाउँपालिका सँग सहकार्य गर्दै सर्लाहीमा व्यापक वृक्षारोपण अभियानको सुरुवात गरेको छ। वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित यस अभियान अन्तर्गत आज चन्द्रनगर गाउँपालिका–२ स्थित श्रीदुर्गा खोंभारी जनता माध्यमिक विद्यालयमा १,७५० मोरिङ्गा (सजिवनी) बिरुवा रोपेर कार्यक्रमको पहिलो चरण […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१\८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य हुनु भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं […]