नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार (कात्तिक २५ गते) ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई […]

जेन–जी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब बीमा दाबी, ३ अर्ब माथि भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन्  । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क […]

हिमालयन डिस्टिलरी ‘श्लोक’ हिमालयन प्रिमियम ह्विस्की बजारमा

काठमाडौं ।  हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ । कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र Smoky Flavor को स्वाद […]

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज  रिजन प्रदेशमा सम्पन्न  गरेको छ। सुदूर पश्चिम प्रदेश र  नेपालगञ्ज रिजनका अभिकर्ताहरु मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न […]

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

धुलिखेल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आइतबार बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर […]

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ । आ.व. २०८१\२०८२ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण […]

हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा गोपाल घिमिरे नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालक पदमा गोपाल घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक २१ गते बसेको  सञ्चालक समिति बैठकमा घिमिरेलाई नियुक्त गरेको हो । उनलाई कात्तिक  २१ गतेदेखिनै लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।

सूर्यज्योति लाइफको दुई नयाँ शाखा विस्तार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले उक्त शाखा विस्तार गरेको हो । यी दुई शाखाहरुको विधिवत समुद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत,फर्सुराम मरासिनीले […]

बीमा कम्पनीहरुमा बाढीको ३ अर्ब ७८ करोडको बीमा दाबी

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा ३ अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कबुल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति […]

नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली बीमा दाबी गर्ने छ जनालाई पक्राउ गरेको छ। ललितपुर गोदावरी नगरपालिका– १४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ विकेश कुँवर, काठमाडौं महानगरपालिका– १२ का ५१ बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका– ३ का ३९ सुनिल सापकोटा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– २ का ४८ वर्षीय हरिप्रसाद गौतम, बारा निजगड नगरपालिका– ६ का ४५ मनोजकुमार […]