सरकारी बिमा कम्पनीहरुमा सुशासन चुनौती, साधारण सभा हुँदैन, पुँजी वृद्धि लक्ष्य पनि अधुरै

काठमाडौं । राष्ट्रिय बिमा संस्थान विभाजनपछि जीवन र निर्जीवन बिमामा देखिएको प्रशासनिक सुस्तता, साधारण सभा ढिलाइ र पुँजी व्यवस्थापन चुनौती गम्भीर बनेको छ । नेपालमा बिमा क्षेत्रको ऐतिहासिक संरचनाबाट सुरु भएको राष्ट्रिय बिमा संस्थान समयक्रमसँगै जीवन र निर्जीवन बिमामा विभाजन भई हाल राष्ट्रिय जीवन बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनीका रुपमा सञ्चालन हुँदै आएका छन् […]

सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता १६५ रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आज वैशाख २१ गतेदेखि बोलपत्र पेश गर्न आह्वान गरेको हो । बैंकका अनुसार सूर्यज्योति लाइफको कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । […]

नेपाल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले  स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । कम्पनीले २५औ वार्षिकोत्सवको अवसरमा “Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा कार्यक्रम  आयोजना गर्न लागेको हो। यसमा सर्वसाधारणले सहभागीता जनाउन सक्नेछन्। स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३३ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासम्म ३३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.६९ प्रतिशत धेरै हो । गत आवको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले ८ अर्ब ६१ करोड ४० लाख रुपैयाँ खुद […]

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ, जसको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगिता मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। यस प्रतियोगितामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई […]

८ बीमा कम्पनीका संस्थापक सेयरधनी अनुसन्धानको दायरामा, प्रिमियम कारोबारबारे १५ दिनभित्र विवरण बुझाउन निर्देशन

काठमाडौं ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न माइक्रो इन्स्योरेन्स तथा पुनर्बीमा कम्पनीका संस्थापक सेयर खरिदसँग सम्बन्धित प्रिमियम भुक्तानी कारोबारबारे विस्तृत विवरण माग गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार अनुसन्धानका क्रममा अध्ययन आवश्यक परेकाले सम्बन्धित संस्थापक सेयरधनीहरूलाई अतिरिक्त शुल्क (प्रिमियम) बापत गरिएको भुक्तानीको स्रोत तथा विवरण स्पष्ट रूपमा बुझाउन निर्देशन दिइएको हो। सूचनामा वीमक नेपाल माइक्रो इन्स्योरेन्स, […]

चैतसम्मको दाबी भुक्तानी लिन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीका बीमितहरूको चैत मसान्तसम्ममा क्षति भई कम्पनीका प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएको कारण कतिपय बीमितको दाबी भुक्तानी रोकिएको कम्पनीले जनाएको छ। […]

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको हो । इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरमा अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० […]

नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा श्रेष्ठ पक्राउ परेको प्रहरीको भनाइ छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो। […]