जेनजी आन्दोलनमा भएको क्षतिमा २२ अर्ब २५ करोडको बिमा दाबी, कुनको कति ?

काठमाडौं । गएको भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको […]

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने समय थप

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने समय थप भएको छ । कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अवधि थप गरेको हो । इन्स्योरेन्सले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन […]

एशियन लाइफको हकप्रद लिलामीमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिन आज (असोज ५ गते) अन्तिम मौका रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि बोलपत्र संकलन प्रक्रिया सुरु गरेको हो। यसअघि असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन नपरेको अंशलाई कम्पनीले लिलाममार्फत बिक्रीमा ल्याएको हो। […]

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ। जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ। बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याई आफूलाई पायक […]

शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिनु :अर्थमन्त्रालय

काठमाडौं । सरकारले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन निर्देशन दिएको छ । अर्थ मन्त्रालयको सचिवस्तरको निर्णयबाट बीमा प्राधिकरणलाई पत्र पठाउँदै ओझालाई अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन निर्देशन दिइएको हो । सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाउँदै बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा गत मंगलबार (भदौ ३१ गते) कार्यालयमा हाजिर भएका थिए […]

हकप्रद सेयर तत्काल रोक्न नेपाल रिलाई अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले जारी गर्न लागेको हकप्रद सेयर रोक्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको २० अर्ब […]

जेनजी आन्दोलनमा भएको क्षतिमा २० अर्ब ७० करोडको बीमा दाबी

काठमाडौं । भदौ २३ र २४ गतेका दिन भएको जेनजी प्रदर्शनका क्रममा बीमा कम्पनीहरुमा भदौ ३१ गतेसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमामा कुल २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको बीमा दाबी […]

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ । कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मितिपछि ७ दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो अफर असोज १ देखि मंसिर २९ गतेसम्म […]

सर्वोच्चको पत्रसहित बीमा प्राधिकरणमा हाजिर भए अध्यक्ष ओझा

काठमाडौं । सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा प्राधिकरण फर्किएका छन् । मंगलबार सर्वोच्च अदालतको पत्र बुझेपछि उनी प्राधिकरण पुगेका हुन् । प्राधिकरण स्रोतका अनुसार आजदेखि अध्यक्ष ओझा हाजिर भएका हुन् । अघिल्लो सोमबार अर्थात् भदौ २३ गते ओझालाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । न्यायाधीश शारङ्गा सुवेदीको […]

बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त

विराटनगर । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् । अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको […]