बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको अध्यक्षमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको बताए । […]

नाफिजले सदस्य सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सदस्य अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्राप्त भएको दाबी रकम आइतबार सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटा हाल व्यक्तिगत प्रयोजनका लागि देशबाहिर छन् । उनको व्यक्तिगत खातामा ९२ हजार ७०० रुपैयाँ जम्मा गरिएको नाफिज […]

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्ताहरुलाई ईलामको फिक्कल स्थित होटल एकोम (Hotel […]

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । “स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै […]

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ७४८ प्रतिशतले बढ्यो

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत आव २०८१/८२ को पुस मसान्तसम्म ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१\८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ३०० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा […]

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ। रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने, ‘उत्कृष्ट कार्यले नै सम्मानका लागि मार्ग तयार हुने […]

लिन बाँकी बीमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिन बाँकी बीमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमिलताई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१।८२ असार मसान्तसम्मको लिन बाँकी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो। २०८२ असार मसान्तसम्म प्राप्त बीमा दाबीका सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको कम्पनीले […]

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ। उक्त नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५५ रुपैयाँ बोनस प्रति हजारका दरले […]

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बियो

काठमाडौं । नेपाल लाइफ क्यापिटलले निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले माघ ४ गतेदेखि बिक्री खुला गरेको इकाइमा आवेदन दिने समय थप भएको हो । माघ १८ गतेसम्म निष्कासन अवधि थपिएको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित […]