एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर सहित ५.५२ प्रतिशत गरी कुल १०.५२ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणले र यस कम्पनीको साधारण सभाले पारित गरेपछि […]

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्प्नीले ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । अतः सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न ८.४२१ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष  सम्झना अर्याल को अध्यक्षतामा साधारण सभा सञ्चालन भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभूत सेयरधनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तक्र्रिया तथा पुनर्ताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीका अनुसार आइतबारका दिन लाजिम्पाटस्थित होटेल ¥याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरू तथा संस्थापक सेयरधनीहरूसहित करिब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रोत व्यक्तिको रूपमा […]

एशियन लाइफले बढायो प्रभु बैंकमा सेयर स्वामित्व

काठमाडौं । प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो सेयर स्वामित्व बढाएको छ । ०.५ प्रतिशतभन्दा धेरै सेयर हुने सेयरधनीको संख्या १२ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १२ सेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै सेयर रहेको देखिएको हो। बैंकमा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ५.६३ प्रतिशत सेयर […]

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो । नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो […]

टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं ।मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ । शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो। अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा […]

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ । यस कम्पनीको पुस २५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

माघ १ गतेदेखि बिमा भुक्तानी अनलाइनबाट गर्नुपर्ने

काठमाडौं । आगामी माघ १ गतेबाट  बिमा कम्पनीहरुले भुक्तानीको कारोबार बैंक खाता विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। नेपाल बिमा प्राधिकरणले सर्कुलर जारी सबै प्रकारका भुक्तानीहरु माघ १ गतेबाट सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ तथा नवौँ वार्षिक सााधारण सभा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक सााधारण सभा २०८२/०९/२५ गते शुक्रवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडाैं सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष  अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०\८१ तथा आर्थिक बर्ष २०८१\८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०\८१ तथा आर्थिक […]