चीनद्वारा २ नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

वेन्चाङ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]

भारत चौथो ठूलो अर्थतन्त्र, जर्मनीमाथि आँखा

नयाँदिल्ली । भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ । अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुनेछ । […]

अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र : वर्ष २०२५ के-के भए ?

काठमाडौँ । सन् २०२५ मा विश्व अर्थतन्त्रले उच्च ब्याजदर तथा मुद्रास्फीति, आपूर्ति शृङ्खलामा आएको परिवर्तन, मानवीय सहायता रकममा चरम कटौती, सार्वजनिक ऋणको बढ्दो आँकडाजस्ता चुनौतीको सामना गर्नुपर्‍यो । संयुक्त राष्ट्रसङ्घ (युएन), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व आर्थिक मञ्च (डब्लुइएफ) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले उच्च मुद्रास्फीति, बढ्दो ऋण, भू–राजनीतिक तनाव, प्रविधि क्षेत्रमा आएको सुस्तता, जलवायु सङ्कट र […]

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

हङकङ। चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक सीमा विवादमा आफूलाई प्रभावकारी मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको सन्देश यस भेटघाटले दिएको छ । विवादित सीमाको उत्तरतर्फ पर्ने चीनको दक्षिणपश्चिमी प्रान्त युनानमा सम्पन्न यो बैठक थाइल्यान्ड र […]

चीनले डिजिटल युआन कार्ययोजना सुरु गर्ने

बेइजिङ । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्रीय बैंकअन्तर्गतको मिडिया आउटलेट फाइनान्सियल न्युजमा लेख्दै डेपुटी गभर्नर लुले भविष्यको डिजिटल युआन आधुनिक […]

शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गरेका छन् । यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि […]

रक्षा खर्च बढाउँदै जापान, आर्थिक वर्ष २०२६ मा ऐतिहासिक वृद्धि

टोकियो, ११ पुस । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्षा बजेट नौ खर्ब चार अर्ब येन पुगेको छ, जुन करिब ५८ अर्ब अमेरिकी डलर बराबर हुन्छ । यो रकम चालु आर्थिक वर्ष सन् २०२५ का लागि तोकिएको आठ खर्ब […]

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण

पाम बीच (संयुक्त राज्य अमेरिका),  । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूहरूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ । नाइजेरियाको विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त हवाई आक्रमणको पुष्टि गर्दै […]

विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर

अमेरिका । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो । कम्पनीका अनुसार, विदेशमा उत्पादन ३।४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा […]

चीनको रेल नेटवर्क ५० हजार किलोमिटर पार, विश्वकै सबैभन्दा ठूलो रेल सञ्जालको रेकर्ड

बेइजिङ । जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ । सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिभन्दा करिब पाँचौँ लामो […]