नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो । दूतावासले भनेको छ, […]

क्युबामा जुलाई २०२१ प्रदर्शनका कारण पक्राउ परेका १४ जना रिहा

हावाना।  एक गैरसरकारी संस्थाले शनिबार क्युबाली अधिकारीहरूले जुलाई सन् २०२१ मा भएको सरकार विरोध प्रदर्शनका कारण पक्राउ परेका १४ जनालाई रिहा गरेको जनाएको छ । यसअघि मात्र दुईजनाको रिहाई भएको बताइएको थियो । उक्त निर्णय क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग वार्ता गर्दै आएको पुष्टि गरेको केही घण्टापछि आएको हो । पहिला […]

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका–इजरायल युद्धको दुई हप्ताभन्दा बढी समयपछि क्षेत्रको सुरक्षा र राजनीतिक अवस्था थप जटिल बनाएको छ । सेनाले भनेको छ, “पश्चिमी इरानमा इरानी समूहको पूर्वाधारलाई लक्षित गर्दै व्यापक स्तरको आक्रमण गरिएको थियो ।” इराकले बगदाद विमानस्थल […]

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण

काठमाडौं । पाकिस्तानले आइतबार दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना र आफूले ‘आतङ्कवादी लुकेका स्थान’ भनेका क्षेत्रहरूमा हवाई आक्रमण गरेको जनाएको छ । दुई देशबीच बढ्दो तनावको बीचमा पाकिस्तानले उक्त कारबाही गरेको हो । सुरक्षा स्रोतका अनुसार अफगानिस्तानको कान्दाहारमा तालिबान प्रशासनका सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको घर नजिकैको प्राविधिक सहयोग र उपकरण भण्डारण स्थललाई पाकिस्तानी सेनाले लक्षित […]

सामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई नक्कली सामग्री फैलिँदै

वासिङ्टन। इरान–अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेषगरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका नक्कली तस्बिर र भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन् । गलत सूचना रोक्न एक्स प्लेटफर्मले कडा नीति घोषणा गरे पनि युद्धसम्बन्धी भ्रामक सामग्रीको प्रसार भने रोकिएको छैन । अनुसन्धानकर्ताहरूका अनुसार मध्यपूर्व युद्ध सुरु भएपछि एआईले बनाइएका दृश्य सामग्रीहरूको बाढी आएको छ । यसले […]

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु–रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गर्नुभएको छ । राज्य सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उक्त परीक्षणलाई दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैनिक अभ्यासप्रति उत्तर कोरियाको सम्भावित प्रतिक्रियाका रूपमा हेरिएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले किमले शनिबार देशको पूर्वी समुद्री […]

चीनले इरानी स्कुल आक्रमण पीडितलाई दुई लाख डलर सहयोग दिने

बेइजिङ। चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ । इरानले अमेरिका र इजरायलमाथि युद्धको पहिलो दिन दक्षिण इरानस्थित उक्त विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा मारिएका कम्तीमा १६५ जनाको अन्त्येष्टि गरिएको थियो । घटनाको […]

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

क्यानबेरा। मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबीच अष्ट्रेलिया सरकारले आफ्नो आन्तरिक भण्डारबाट सात सय ६२ लाख लिटर पेट्रोल र डिजेल सार्वजनिक गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका ऊर्जामन्त्री क्रिस बोवेनले शुक्रबार सङ्घीय सरकारले पेट्रोल र डिजेलको न्यूनतम भण्डारण दायित्वको आधारभूत स्तरको २० प्रतिशतसम्म इन्धन सार्वजनिक गरिने बताएको छ । उनका अनुसार […]

इरान द्वन्द्वले अमेरिकी पेट्रोल मूल्य बढायो, ट्रम्प रणनीति बदल्दै

तेहरान। इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्दै छन् । अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो । यस परिवर्तनले ट्रम्पको पहिलेको सस्तो […]

इजरायलद्वारा पश्चिमी र मध्य इरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण

जेरुसेलम । इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावका बीच गरिएको यस आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको बताइएको छ । इजरायली वायुसेना (आइएएफ) का अनुसार सैन्य गुप्तचर निकायको निर्देशनमा दर्जनौँ लडाकू विमानले एक दिनभित्र […]