‘जलवायुजन्य विपद्‌बाट प्रभावित मुलुकमा द्रुत संयन्त्र आवश्यक छ’

काठमाडौं ।  हानी–नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा चेइख डियोङले नेपालजस्ता जलवायुजन्य विपद्‌बाट प्रभावित मुलुकमा तत्काल वित्तीय स्रोत उपलब्ध गराउन द्रुत संयन्त्रको आवश्यकतामा जोड दिएका छन् । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी ८१औँ महासभामा उनले जलवायु वित्तलाई संस्थागत विषयका रूपमा मात्र नभई मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने धारणा व्यक्त गरेका हुन् । “नेपालमा आएको बाढीका कारण […]

नेपाल र क्यारिबियाली मुलुक ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना, विश्वभर कूटनीतिक पहुँच १८६ देशमा विस्तार

काठमाडौं । नेपाल र क्यारिबियाली मुलुक ग्रेनाडाबिच औपचारिक रूपमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालको परराष्ट्र नीतिको एक महत्त्वपूर्ण उपलब्धि मानिएको यो सम्झौतासँगै नेपालको वैदेशिक सम्बन्ध र कूटनीतिक पहुँच विश्वका १८६ देशहरूमा विस्तार भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित एक विशेष समारोहमा नेपालका परराष्ट्र […]

अमेरिकाद्वारा नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोगको घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा न्यूयोर्कमा भएको भेटवार्तामा अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेश मन्त्री एलिसन हुकरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनाललाई बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्लाभका लागि थप ३ करोड १० लाख अमेरिकी डलर (करिब साढे ४ अर्ब रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेका छन। भेटका क्रममा उपविदेश मन्त्री हुकरले प्राकृतिक विपद्‌बाट प्रभावित […]

चीनले नेपाललाई गर्‍यो एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ। चीनको मौसम विज्ञान प्रशासन (सीएमए)ले मङ्गलबार जनाएअनुसार, चीन–नेपाल सीमास्थित केरुङ–रसुवा नाकामा गएको घातक पहिरोपछि गत अगस्ट २९ मा नेपालको मौसम विज्ञान विभागलाई माजुको क्लाउड–आधारित परीक्षण […]

संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले युद्ध र शान्ति प्रयासबारे धारणा राख्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मंगलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धमा हासिल गरेका उपलब्धि र शान्ति स्थापनाका प्रयासलाई प्रमुखताका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्नुका साथै गाजाको द्वन्द्व अन्त्य गर्ने आफ्नो पहल र इजरायलसँगको अब्राहम सम्झौतामा थप अरब देशलाई सहभागी गराउने प्रयासबारे धारणा राख्ने […]

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

काठमाडौं । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल  भने तात्दै छ । उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस […]

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं ।  एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी […]

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

काठमाडौं । भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए। […]

टिकटकका संस्थापक झाङ यिमिङ एसियाको सबैभन्दा धनाढ्य व्यक्ति, सम्पत्ति पुग्यो १०५ अर्ब डलर

काठमाडौं । शर्ट भिडियो प्लेटफर्म टिकटकको मातृ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ  एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो तथ्याङ्क अनुसार ४३ वर्षीय झाङले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पार्दै यो सफलता हासिल गरेका हुन्। झाङ चिनियाँ सफ्टवेयर इन्जिनियर तथा प्रविधि उद्यमी हुन्, जसले सन् २०१२ मा बेइजिङको एक सानो फ्ल्याटबाट बाइटडान्सको […]

१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि कडाइ गर्ने तयारी गरेको छ। ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार स्ट्रासबर्गमा ‘स्टेट अफ द युरोपियन युनियन’सम्बन्धी वार्षिक सम्बोधनका क्रममा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल, अनलाइन गेम र च्याटबोट प्रयोगमा रोक लगाउने […]