किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गरेका छन् । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उनिसँगै उनहको किशोरी छोरी पनि शुटिङ रेन्जमा हतियार परीक्षण गर्दै देखिएकी छन्, जसले उत्तर कोरियाको भावी नेतृत्वबारे फेरि चर्चा बढाएको छ । […]

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौं ।  पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो । हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य मुलुकसँगै नेपालले […]

खाडी क्षेत्रमा युद्ध चर्किँदै: तेल ट्यांकरमा आक्रमण, विश्व तेल बजारमा असर

काठमाडौं । मध्यपूर्वमा जारी युद्ध थप तीव्र बन्दै गएको छ। इराकको समुद्री क्षेत्रका तेल ट्यांकरहरूमा आक्रमण, खाडी देशहरूमा मिसाइल र ड्रोन प्रहार तथा कूटनीतिक तनाव बढ्दै जाँदा क्षेत्रीय सुरक्षा अवस्था गम्भीर बनेको छ । युद्धको प्रभाव अन्तर्राष्ट्रिय तेल बजारदेखि मानवीय संकटसम्म फैलिएको छ । इराक नजिक तेल ट्यांकरमा आक्रमण इराकको दक्षिणी अल–फाव बन्दरगाह नजिक दुई […]

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत गरिने छ : ट्रम्प

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो जानकारी दिएका हुन् । फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले […]

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

पेरिस। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) सँग समन्वय गर्दै ऊर्जा आपूर्ति सुरक्षित राख्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने उपायमा उनीहरू सहमत भएको जनाइएको […]

मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा

दुबई । मध्यपूर्व क्षेत्रमा जारी युद्धका बीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाइरहेको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढ्दै गएको छ । बुधबार बिहान इजरायल र इरानबीच पुनः आक्रमण भएको खबर सार्वजनिक भएको छ । यसैबीच इरानले क्षेत्रका तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै […]

फोक्सवागनले जर्मनीमा २०३० सम्म ५० हजार रोजगारी कटौती गर्ने घोषणा

काठमाडौं । फोक्सवागनले आफ्नो नाफा  सन् २०१६ पछिको सबैभन्दा कम स्तरमा झरेपछि जर्मनीमा सन् २०३० सम्म ५० हजार रोजगारी कटौती गर्ने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत Oliver Blume ले शेयरधारकहरूलाई बताएअनुसार यो कटौती जर्मनीमै हुनेछ र कम्पनी समूहका सबै ब्रान्डहरूमा लागू हुनेछ ।  जसमा Audi र Porsche पनि समावेश छन्। युरोपको सबैभन्दा ठूलो कार निर्माता […]

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन्। भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० को चौथो […]

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

बेइजिङ। कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन र उत्तर कोरियाबीचको अन्तर्राष्ट्रिय प्यासेन्जर रेल सेवा छ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । ट्राभल अपरेटरहरूका अनुसार यो सेवा बिहीबारदेखि फेरि सुरु हुने तयारी गरिएको छ । बेइजिङ र डान्डोङस्थित आधिकारिक टिकट बुथसँग काम गर्ने ट्राभल एजेन्टहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्रारम्भिक चरणमा यो रेल […]

मध्यपूर्व युद्धले तेल संकट: एसियाका विभिन्न देशहरूमा इन्धन अभाव, मूल्य बढ्यो

ढाका । मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । बङ्गलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ । तेल आयातमा अत्यधिक निर्भर बङ्गलादेशले आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ । इन्धन अभावको आशङ्कासँगै राजधानी ढाकासहित […]