रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति

वासिङ्टन। अमेरिकाले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धबीच विश्व ऊर्जा बजारमा सम्भावित अवरोध कम गर्ने उद्देश्यले समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी अनुमति दिएको छ । अमेरिकी सरकारले बिहीबार उक्त निर्णय सार्वजनिक गर्दै सीमित समयका लागि प्रतिबन्धमा आंशिक छुट दिएको जनाएको छ । अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले जारी गरेको विशेष […]

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

काठमाडौं । रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण सहमति भएको छ। रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार र शुक्रबार दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई एकअर्कासँग साटासाट गर्ने योजना बनाइएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा बिहीबार दुवै पक्षबाट २००–२०० जना युद्धबन्दीलाई मुक्त गरी आदानप्रदान गरिसकिएको छ। रुसतर्फ फर्किएका […]

चीनले सन् २०२६ का लागि रक्षा बजेट ७ प्रतिशतले बढाउने प्रस्ताव

बेइजिङ । चीनले सन् २०२६ का लागि आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। राष्ट्रिय विधायिकामा प्रस्तुत गरिएको बजेट प्रतिवेदनअनुसार आगामी वर्ष चीनले करिब १.९ ट्रिलियन युआन अर्थात् झण्डै २७५ अर्ब अमेरिकी डलर रक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। पछिल्ला वर्षहरूमा पनि चीनले आफ्नो रक्षा बजेट स्थिर रूपमा बढाउँदै आएको […]

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍यो

बेइजिङ  । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड दिने सङ्केत पनि दिएको छ । प्रधानमन्त्री ली किआङले बिहीबार राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकको उद्घाटन सत्रमा प्रस्तुत गरेको सरकारी […]

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

सिड्नी। अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकसस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइ वटा सैन्य विमान तैनाथ गरी नागरिक उद्वारमा तल्लिन रहेको अधिकारीहरूललाई यदृत गर्दै एएफपीले जनाएको छ । अमेरिका–इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किय पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् । […]

आर्थिक मन्दी र भू-राजनीतिक जोखिमबीच चीनले घटायो आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा तीव्र परिवर्तनभन्दा निरन्तरतामै जोड दिने सङ्केत पनि दिएको छ । प्रधानमन्त्री ली किआङले बिहीबार राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकको उद्घाटन सत्रमा प्रस्तुत गरेको […]

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनु हुँदैन : राष्ट्रसघं

ब्रसेल्स । बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ । गत शनिबार इरानी सहर मिनाबको एक विद्यालयमा भएको आक्रमणमा १५० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ । इरानी सञ्चार माध्यमका अनुसार इरानले मङ्गलबार आक्रमणमा मारिएका […]

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन। इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुनःप्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका युद्ध दृश्यहरूले सामाजिक सञ्जाल भरिएको छ । वि श्लेषकहरूका अनुसार जमिनमा भइरहेका घटनाभन्दा छिटो फैलिने यस्ता सामग्रीले कथानकको प्रतिस्पर्धालाई तीव्र बनाएको […]

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

वासिङ्टन। अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसनहरु छोड्न अनुमति दिएको छ । अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिदै विज्ञप्ति जारी […]

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ । सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य व्यापारिक दबाबका बीच चीनले आफ्नो वार्षिक राष्ट्रिय राजनीतिक अधिवेशन सुरु गर्न लागेको छ । बेइजिङमा हुने यस उच्चस्तरीय भेलामा आगामी पाँच वर्षका प्राथमिकता, आर्थिक लक्ष्य र नीतिगत दिशाबारे स्पष्ट खाका प्रस्तुत गरिने अपेक्षा गरिएको छ । विश्लेषकहरूले यसलाई चीनको भावी आर्थिक र राजनीतिक मार्गचित्र […]