इरानमा २०० भन्दा बढीको मृत्यु, जबाफी आक्रमण गर्दा कुन देशमा कति क्षति ?

काठमाडौं । मध्यपूर्वमा अझै पनि तनाव जारी छ । इरान ले २८ फेब्रुअरीदेखि खाडी देशहरुमा मिसाइल र ड्रोन प्रहार गरिरहेको छ । यो हमला इरानले संयुक्त राज्य अमेरिका र इजरायलद्वारा आफ्ना ठूला सैन्य र आणविक लक्ष्यहरुमा हवाई हमलाको प्रतिउत्तरमा गरेको हो । त्यो हवाई आक्रमणले इरानी अधिकारीहरुको दाबीअनुसार ठूलो मानवीय क्षति पुर्‍याएको र इरानले “आक्रमणको जवाफ दिन” […]

कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते

कराची । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ । घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ । एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि चढेर कन्सुलर भवनको […]

इरानमा अमेरिका–इजरायल आक्रमणको समीक्षा गर्न आइएइएद्वारा असाधारण बैठक आह्वान

काठमाडौं । अमेरिका र इजरायलको आक्रमणपछि इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको आणविक एजेन्सी (आइएइए) ले सोमबार इरान विषयमा असाधारण बैठक बोलाउने निर्णय गरेको छ । भियनामा आधारित आइएइएले शनिबार विज्ञप्ति जारी गर्दै बैठक रुसको अनुरोधमा आयोजना गरिएको बताएको छ । यसअघि इरानले आइएइए प्रमुख राफेल ग्रोसीलाई पत्र लेखेर आक्रमणपछि घटनाको तत्काल […]

खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्‍याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर […]

अमेरिकी सहानुभूति पहिलोपटक प्यालेस्टिनीमा झ¥यो

काठमाडौं । विनाशकारी गाजा युद्धपछि सार्वजनिक भएको ग्यालप पोलले अमेरिकीहरूले पहिलो पटक इजरायलभन्दा बढी प्यालेस्टिनीहरूसँग सहानुभूति राखेको देखाएको छ । सर्वेक्षण अनुसार ४१ प्रतिशत अमेरिकीहरूले प्यालेस्टिनी पक्षलाई समर्थन गरेका छन् भने ३६ प्रतिशत इजरायलको पक्षमा छन्, बाँकीले निर्णय गरेका छैनन् वा दुवैलाई मन पराउँदैनन् । गत वर्षको तुलनामा ठूलो परिवर्तन देखिएको छः अमेरिकीहरूको ४६ प्रतिशत […]

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल। वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् […]

चीनद्वारा अफगान–पाकिस्तानमा युद्धविरामको आह्वान

बेइजिङ। चीनले अफगानिस्तान र पाकिस्तानबीच जारी हिंसात्मक झडप अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै दुवै पक्षसँग संवाद गरिरहेको जनाएको छ । बेइजिङका अनुसार दुवै देशमा हालको द्वन्द्वले गहिरो चिन्ता उत्पन्न गरेको छ र सकेसम्म चाँडो थप रक्तपात रोक्न आवश्यक छ । पाकिस्तान चीनको नजिकको रणनीतिक साझेदार भए पनि बेइजिङ आफैँलाई अफगानिस्तानको ‘मित्रवत छिमेकी’ मान्दछ । चिनियाँ […]

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

जेनेभा। मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन । वार्ताको मध्यस्थता गरिरहएका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए, तर कुनै ठोस सहमति सार्वजनिक […]

केजरीवाल भ्रष्टाचार आरोपमुक्त

काठमाडौं । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उनका समर्थकहरूले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् । सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेको […]

२३ वर्षसम्म वियरिस रहेको जापानको सेयर बजार हाल इतिहासकै उच्च विन्दुमा

काठमाडौं । जापानको सेयर बजार अल टाइम हाई विन्दुमा पुगेको छ । टोकियो स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘निक्के २२५’ इन्डेक्स ५८ हजार ८५० को विन्दुमा कारोबार हुँदैछ । यो क्लोजिङका आधार हालसम्म कै उच्च हो । बिहीबार मार्केट इन्ट्राडे हाई ५९ हजार ३३० सम्म पुगेको थियो । २३ वर्षसम्म वियरिस रहेको त्यहाँको बजार अहिले भने बुलिस […]