मध्यपूर्व युद्धमा पाकिस्तानको कूटनीतिक सक्रियता

इस्लामावाद । मध्यपूर्वमा फैलिँदै गएको युद्धका बीच तनाव कम गर्ने प्रयासस्वरूप पाकिस्तानले साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूलाई इस्लामावादमा आमन्त्रण गर्दै महत्त्वपूर्ण कूटनीतिक पहल अघि बढाएको छ । आइतबार हुने चारपक्षीय बैठकमा क्षेत्रीय सुरक्षा, युद्धको अवस्था र तनाव न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल हुने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानले यसबीच अमेरिका र इरानबीच संवादको […]

इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट

बेइरुत । लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो । अधिकांश नोक्सान लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये प्रान्तमा केन्द्रित छ, जहाँ ४४ हजार २९७ हेक्टर भूमि प्रभावित भएको छ, अन्य क्षेत्रहरूमा मात्र दुई हजार १८१ […]

अमेरिकामा “नो किङ्स” प्रदर्शन: ट्रम्प नीतिविरुद्ध व्यापक विरोध

काठमाडौं । संयुक्त राज्य अमेरिकाभर “नो किङ्स” नामक आन्दोलनअन्तर्गत व्यापक प्रदर्शनहरू भएका छन्, जसमा हजारौं मानिसहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू, बढ्दो महँगी र इरानसँगको युद्धको विरोध गरेका छन् । देशका ठूला सहरदेखि साना सहर र ग्रामीण क्षेत्रसम्म फैलिएका यी प्रदर्शनहरूले अमेरिकी राजनीतिक अवस्थाप्रति बढ्दो असन्तुष्टि झल्काएको छ। देशभर तीन हजारभन्दा बढी स्थानमा आयोजित यी प्रदर्शनहरूमा […]

यमनका हुथी विद्रोहीद्वारा इजरायलमा मिसाइल आक्रमण, आगामी दिनहरुमा निरन्तर आक्रमणको चेतावनी

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलमाथि दोस्रोपटक मिसाइल आक्रमण गरेका छन्। उनीहरूले आगामी दिनहरूमा पनि यस्ता आक्रमणहरू जारी राख्ने चेतावनी दिएका छन्, जसले क्षेत्रीय द्वन्द्वलाई अझ चर्काउने संकेत दिएको छ। हुथी समूहले दक्षिणी इजरायलका विभिन्न सैन्य लक्ष्यहरूमा क्रुज मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ। समूहका प्रवक्ताका अनुसार यी आक्रमणहरू […]

हर्मूज जलसन्धिमा बढ्दो तनावः संयुक्त राष्ट्र संघद्वारा विशेष कार्यदल गठन, ट्रम्पको कडा चेतावनी

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघले हर्मूज जलसन्धिबाट हुने समुद्री आवागमनमा अवरोध आउँदा विश्वभर गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । विशेष गरी मानवीय सहायताका सामग्री र कृषि उत्पादनमा यसको ठूलो प्रभाव पर्ने भन्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक विशेष कार्यदल गठन गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकका […]

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ । थाइल्याण्डले इरान सँग हर्मुज जलडमरूमध्य हुँदै आफ्ना तेल ट्याङ्करहरू सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ, जसले इन्धन आपूर्ति अवरुद्ध हुने चिन्ता केही हदसम्म कम गरेको छ । तर, यही जलमार्गमा इरानले केही जहाजहरू फिर्ता पठाएको बताएको छ, विशेष गरी अमेरिक–इजरायललाई […]

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

लन्डन। रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीहरूले बताएका छन् । रिपोर्टअनुसार, इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको छ । अहिले ती सुधारिएका ड्रोनहरू फेरि इरानतर्फ पठाइँदै छन् । ती ड्रोनहरूमा उन्नत मार्गनिर्देशन प्रणाली, क्यामेरा, विद्युतीय अवरोध पार गर्ने […]

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानसँग १ अर्ब २० करोड अमेरिकी डलर बराबरको नयाँ सहायता प्याकेज खुलाउने विषयमा कर्मचारी–स्तरको सहमति गरेको घोषणा गरेको छ । दक्षिण एशियाली राष्ट्र पाकिस्तान अर्जेन्टिना र युक्रेनपछि आईएमएफको सबैभन्दा ठूलो ऋणीमध्ये एक हो । आईएमएफले एक विज्ञप्तिमा पाकिस्तान सरकारको ‘हालै प्राप्त व्यापक आर्थिक तथा वित्तीय स्थिरतालाई जोगाउन […]

मध्यपूर्वमा संकट गहिरिँदै: होर्मुज विवादले विश्व बजार प्रभावित

वासिङ्टन । मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजसम्बन्धी समयसीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गार्ड्सले क्षेत्रका सर्वसाधारणलाई अमेरिकी सैन्य उपस्थिति भएका स्थानबाट टाढा रहन कडा चेतावनी दिएको छ । ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न आग्रह गर्दै ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको […]

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस  । मध्यपूर्वमा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई एकसाथ अघि बढाइरहेको छ । यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी चासो पनि बढाएको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध विस्तारको जोखिम अझै कायम रहेको सङ्केत दिएका छन् भने समाधान खोज्ने प्रयास पनि समानान्तर रूपमा चलिरहेका छन् । शुक्रबार बिहान साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा चारवटा ड्रोन […]