झापा इनर्जीको आईपीओ साउन १४ गतेदेखि

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो । कुल निष्कासनमध्ये […]

प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुले सहज ढंगले लगानी फिर्ता लैजान सक्ने व्यवस्था गरिने

काठमाडौं । प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुलाई समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजाने सक्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम यस्तो व्यवस्था गरिने जनाएको छ । साथै, प्राइभेट इक्विटी […]

रिलायबल नेपाल लाइफ इन्सुरेन्स र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकरणको अन्तिम तयारीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकरण हुने अन्तिम तयारीमा छ । यी कम्पनीहरुले सेयरधनीलाई गत वर्ष वितरण गरेको बोनस सेयर सूचीकरण हुँदैछ । रिलायबल नेपालले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस दिएको थियो । कम्पनीको ५५ लाख ६८ हजार कित्ता बोनस सूचीकृत हुँदैछ […]

नेपाल धितोपत्र बोर्डमा २ कम्पनीले दिए आइपीओ बिक्रीका लागि आवेदन

काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेड र ह्वाइट लोटस पावर लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । भिजनले १०० रुपैयाँ अंकित दरमा ८३ लाख कित्ता  र ह्वाइट लोटसले १२ लाख १९ हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेका हुन् ।  बोर्डबाट अनुमति पाएपछि यी कम्पनीहरुले सेयर बिक्री खुला गर्नेछन् ।

नेप्से सूचक ११ महिना यताकै उच्च विन्दुमा, २० अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं । सेयर बजार ११ महिना यताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से सूचक ८०.९७ अंकले बढेसँगै बजार गएको भदौ ६ गते यताकै हाई पोइन्टमा पुगेको हो । आज मार्केट २९७३.७० विन्दुमा बन्द भएको छ । २० अर्ब ८ करोड भन्दा धेरैको कारोबार भएको छ । लगानीकर्ताहरुको बजार प्रति आकर्षण बढ्दा सूचकमा वृद्धि देखिएको […]

सिन्धु विकास बैंकको नाफामा उल्लेख्य वृद्धि हुनुको कारण यस्तो

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २८७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १९ करोड १४ […]

भूगोल इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २२ गते काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा  बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज […]

नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला

काठमाडौं । नविल बैङ्कको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको “७% नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधि भएको  ऋणपत्र प्रति ऋणपत्र  १,०००/- अङ्कित मूल्यका ३० लाख कित्ताले हुने ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र१ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत […]

माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँको माछापुच्छ्रे एसआइपी योजना बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले ‘माछापुच्छ्रे एसआइपी योजना’ को ५ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यस योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको छ । यो खुलामुखी योजना हो ।

कालिका पावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका पावर कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।