कार्टेलिङ र इन्साइडर ट्रेडिङलाई ठाउँ नदिन अर्थमन्त्रीको सेबोनलाई निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारमा देखिएका अनियमितता, कार्टेलिङ, इन्साइडर ट्रेडिङ जस्ता गतिविधिहरूप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो प्रकारका क्रियाकलापप्रति धितोपत्र बोर्डले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। उनले पुँजी बजारको नियमन, पारदर्शिता र विश्वासको वातावरण […]

रिलायबल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश प्रयोजनार्थ कम्पनीले सोमबार बुक क्लोज गर्न लागेकोमा आजसम्म नेप्सेमा कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको […]

निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । निफ्राले दुईपटक समयावधि थप्दै जेठ २५ गतेसम्मको समयसीमा तय गरेको थियो । बैंकले प्रतिऋणपत्र रु १,००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र बजारमा ल्याएको हो । जसमा ३० लाख कित्ता व्यक्तिगत […]

सान्भि इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ,आईपीओ आगामी सोमबार (जेठ २६ गते) बाँडफाँट हुने भएको छ। सान्भिको आईपीओ अत्यधिक आवेदन परेपछि बाँडफाँट गोलाप्रथाबाट हुनेछ। कम्पनीको आईपीओमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन्। जसमा २ लाख ४१ हजार ५३० जनाले […]

बजेट पछि साताको शेयर : लगानीकर्ताले गुमाए ८४ अर्ब ७९ करोड बढी

काठमाडौं । बजेट सार्वजनिक भए पछिको पहिलो साता शेयर बजारका अधिकांश सूचक राताम्मे भएको छ । यो साता चार कारोबार दिन मध्ये सोमबार एक अंकले पनि बढ्न नसकेको शेयर बजार बाँकी तीन दिन निरन्तर घट्दा यो साता लगानीकर्ताहरुले शेयर बजारको लगानी गुमाउन पुगेको छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत […]

नर्थ समीट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि माछापुच्छ्रे क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट […]

सानिमा फ्लेक्सी फण्डको इकाई खरिद बिक्री जेठ अन्तिम सातादेखि 

काठमाडौं । सानिमा क्यापिटलले सञ्चालनमा ल्याएको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु जेठ अन्तिम सातादेखि खरिद बिक्रीमा अर्थात् २६ गतेदेखि खरिद बिक्री गर्न सकिने भएको छ । सानिमा क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि सानिमा फ्लेक्सी फण्ड नामको खुलामुखी फण्ड सञ्चालनमा ल्याएको हो । यस फण्डको सार्वजनिक निष्काशन गत फागुन ६ देखि फागुन […]

हकप्रद शेयर जारी पिपुल्स पावरको असार २ गते बुकक्लोज

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले असार २ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार असार १ गते आईतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर ०.५ अर्थात ५० […]

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर खुला, असार १२ सम्म आवेदन दिन सकिने

काठमाडौं ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयरको आधारमा थप १ कित्ता हकप्रद शेयर दिने प्रस्तावसहित सार्वजनिक निष्काशन शुरु गरेको हो । यस योजना अन्तर्गत कम्पनीले आजदेखि हालको ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी बराबरकै रकममा हकप्रद शेयर जारी गर्दैछ […]

प्रभु क्यापिटलको ईकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं ।  प्रभु क्यापिटल लिमिटेडले खुलामुखी प्रकृतिको म्युचुअल फण्ड योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ । उक्त स्किम अन्तर्गतका इकाईमा आजदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो । कुल ४ करोड इकाईको संरचनामा रहेको […]