आईपीओ अनुमतिमा कमिसन प्रकरण : धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीहरूका प्राथमिक शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन कमिसन मागेको गम्भीर आरोप सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा मारेको छ। बुधबार मध्याह्न करिब १२ बजे अख्तियारको टोली ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा पुगेर छानबिन थालेको हो। आयोगले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू मागेर विवरण […]

सुमेरु पोलिमर्सले थप पुँजी जुटाएर आईपीओ निष्काशन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता

काठमाडौं । नेपालमै पहिलो पटक पिभिसी, एचडिपिई, सिपिभिसी पाईप तथा फिटिङ्गस् सामानहरु उत्पादन गर्ने कम्पनी सुमेरु पोलिमर्स लिमिटेडले आगामी वर्ष सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजनाका साथ थप पूँजी जुटाउन आफ्नो कार्य अगाडी बढाएको छ । २०७४ सालमा प्राईवेट कम्पनीको रुपमा पनौति नगरपालिका वडा नम्बर ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक […]

शेयर बजारमा छायो हरियाली : नेप्से सँगै बढ्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार र बुधबार बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १०.९७ अंकले बढेर ४४१.२४ विन्दुमा पुगेर […]

रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांश

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको हो । कम्पनीको आगामी वार्षिक […]

सांसद सापकोटाद्वारा संसदमा जलविद्युत् आईपीओ अवरोधको विषयमा छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आज प्रतिनिधि सभामा बोल्दै जलविद्युत् आयोजनाका आईपीओ रोकिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसद सापकोटाले नेपाल धितोपत्र बोर्डले कमिसनको कारण देखाउँदै २२ महिनादेखि ४३ वटा जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति नदिएको समाचार […]

सिटिजन्स क्यापिटलको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रति कित्ता न्यूनतम मूल्य रु. १८० मा शेयर बिक्रीमा ल्याइएको हो । शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सो समेत खलाई कम्पनीलाई लिखित रुपमा जानकारी गराउन सक्ने सूचनामा उल्लेख छ […]

पाँच दिन पछि बढ्यो शेयर बजार, नेप्सेसँगै करिब सवा अर्बले बढ्यो कारोबार रकम

काठमाडौं ।साताको तेस्रो दिन दिन शेयर बजार सामान्य अंकले बढेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार भने सामान्य अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले बढेर ४४०.२६ विन्दुमा पुगेर […]

मातृभूमि लघुवित्तद्धारा एफपीओ निष्कासनको लागि अनुमाति माग

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। कम्पनीले साविक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरपछि शेयर अनुपात मिलान गर्नका लागि एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ११ […]

तेह्रथुम पावरले हकप्रद शेयरका लागि तय गर्यो बुक क्लोज मिति

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कम्पनीले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ। यसका लागि कम्पनीले […]

हिमालयन रिइन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति भई कम्पनीको […]