प्रभु इन्स्योरेन्सले घोषणा गर्यो १८ प्रतिशत लाभांश

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ […]

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त संख्याको शेयर बिक्रीमा राखेको हो । लघुवित्तको यो सेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र […]

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद शेयर प्रस्ताव संशोधन हुने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न र प्रस्तावित हकप्रद शेयर संशोधन गर्न असार ३० गते ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ। सभामा आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित ०.५२६३ प्रतिशत […]

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले तीन जना संस्थापक शेयरधनीको कुल ३३ सय ९३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यद्यपि तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त शेयर गैरसंस्थापक व्यक्तिमा बिक्री गरिने बैंकले जनाएको […]

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि (असार ९ गते) आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा लक्षित समूहलाई आईपीओ निष्कासन गर्दै दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त यस आईपीओ अन्तर्गत कम्पनीले प्रतिकित्ता […]

लगानी कम्पनीको आईपीओमा कडाई, पछिल्लो दुई वर्ष नाफा अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरूमार्फत गरिने सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रियामा कडाइ गरेको छ। बोर्डले लगानी कम्पनी कम्तिमा विगत तीन वर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक वर्षमा मुनाफा गरेकाले मात्र आईपीओ जारी गर्न सक्ने व्यवस्था गरेको हो । विगतमा लगानी कम्पनीले बोर्डबाट अनुमति लिएर आईपीओ ल्याउने प्रक्रिया सहज भए पनि अब त्यस्तो […]

लगानीकर्ताको गभर्नसँग भेट, पूँजी बजारको नीतिगत बाधाहरु फुकाउन माग

काठमाडौं । पूँजी बजारसँग सम्बद्ध लगानीकर्ता संघहरुले राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई भेट गरेका छन । शेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले गभर्नर पौडेललाई भेट गरेका हुन । गभर्नरसँगको भेटमा लगानीकर्ताहरुले पूँजी बजार सुधार र विकासका लागि नेपाल राष्ट्र बैंकले केही नीतिगत बाधाहरु फुकाउनु […]

२५०० मा झर्यो नेप्से, २ अर्ब बढीले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । अघिल्लो साता बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने त्यसपछि क्रमशः घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३८ अंकले घटेर ४४४.१० […]

डिम्याट खाता र मेरोशेयर खाता नवीकरण गर्न आग्रह

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका ग्राहकले आगामी असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी खाता नवीकरण गर्न बैंकले आग्रह गरेको छ । उक्त अवधिमा वार्षिक शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीको खाता फ्रिज गरिने बताइएको छ । डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ […]

ग्रामीण विकास र समाज लघुवित्त समान स्वापमा मर्ज हुने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा समान स्वाप अनुपातमा गाभिने भएका छन्। मर्जरसहितका प्रस्तावहरू पारित गर्न ग्रामीण विकास लघुवित्तले असार २८ गते साधारणसभा आह्वान गरेको छ। उक्त सभामा दुई कम्पनीलाई १:१ को समान स्वाप अनुपातमा मर्ज गर्ने लगायतका मर्जरसम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ। यी दुई […]