सजिलो नेटको ब्राण्ड एम्बासडरमा बद्री पंगेनी नियुक्त 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रका बीचमा गायक पंगेनीलाई सजिलो नेटले ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको कम्पनी हो  । कार्यक्रममा सजिलो नेटका लागि […]

इसेवा र हिमालयन बैंकबीच सहकार्य

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्। दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक […]

ब्यालेन्स र डाटा बिना नै चल्ने भयो ‘खल्ती एप’

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले एन्सेल ‍सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा […]

तारबाट इन्टरनेट चलाउने १ करोड ३३ लाख ८० हजार पुगे, ३२ प्रतिशत बजार वर्ल्डलिंकको कब्जामा

काठमाडौं । नेपालमा अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ता १ करोड ३३ लाख नाघेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ माघ मसान्तसम्मको तथ्यांकअनुसार तार मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड ३३ लाख ८० हजार ८६५ पुगेको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या ३० लाख ६१ हजार ९८३ छ। दूरसञ्चार […]

आईटी क्षेत्रलाई प्रवर्द्धन गर्ने अध्यादेश पारित, नास–आईटीद्वारा स्वागत

काठमाडौं । नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ (नास–आईटी) ले नेपालको संघीय संसद् र नेपाल सरकारलाई नेपालको सूचना प्रविधि (आईसीटी) क्षेत्रका लागि नियमहरू सुधार गर्ने अध्यादेश पारित गरेकोमा आभार व्यक्त गर्दछ। यो निर्णय नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन तथा विश्वव्यापी प्रविधि बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न महत्त्वपूर्ण कदम हुनेछ। अध्यादेशले आईटी तथा डिजिटल सेवा […]

ह्वावेद्वारा एमडब्लुसी बार्सिलोना २०२५ मा ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ को क्रममा, ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ आयोजना सम्पन्न गरेको छ । जसले विश्वव्यापी ग्राहक र साझेदारहरूलाई नवीन औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण अभ्यासहरू एकसाथ अनावरण गरेको छ । सो अवसरमा ह्वावेले ग्राहकहरूसँग मिलेर, ७१ प्रमुख परिदृश्यहरूको लागि औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरणको लागि ८३ ग्लोबल […]

ह्वावेको नेक्स्ट जेनेरेसनको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डाटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावे डाटा सेन्टर सुविधा र क्रिटिकल पावर उत्पादन लाइनका अध्यक्ष हे बोलेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर ‘सिंगल साइटपावर’ र एआई डाटा सेन्टर निर्माण गाइडलाइन आरएएसटिएमको अनावरण गरेका छन् । जसले अपरेटरहरूलाई ऊर्जा व्यावसायिकको रूपमा फस्टाउन र एआईको नयाँ युगमा राम्रो आईसीटी सुविधाहरू निर्माण गर्न मद्दत गर्दछ । […]

एनसेललाई अनुसरण गर्ने निर्णयबाट नेपाल टेलिकम ‘ब्याक’

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम डिजिटल माध्यमबाट ५० रुपैयाँभन्दा कम मूल्यको टपअप नगर्ने निर्णयबाट फिर्ता भएको छ । एक साताअघि लागू गरिएको उक्त नीतिले उपभोक्ताहरूबाट तीव्र विरोध सामना गर्नुपरेपछि टेलिकमले आफ्नो निर्णय पुनरावलोकन गर्दै १० रुपैयाँदेखि नै रिचार्ज सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। पुन १० रुपैयाँदेखि टपअप गर्न सकिने सुविधा […]

इन्टरनेट सेवा प्रदायकलाई बक्यौता तिर्न अन्तिम चेतावनी, नभए लाइसेन्स खारेज हुनेः सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बक्यौता नबुझाउने इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले बक्यौता असुलउपर सरकारको नीति तथा कार्यक्रमअनुसार अगाडि बढाइने स्पष्ट पारे। उनले प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीलाई बारम्बार फोन गरेर बक्यौताको विवरण माग्ने गरेको उल्लेख गर्दै […]

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक

काठमाडौं । रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट मजबुती र सहज प्रदर्शनको लागि डिजाइन गरिएका यी स्मार्टफोनहरूमा लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ । यसबारे बोल्दै रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाले भनिन्, “रियलमी नोट ६० र नोट ६० एक्सको लन्चसँगै हामी अत्याधुनिक प्रविधि र च्याम्पियन स्तरको […]