एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन

काठमाडौं । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ । एनसेलले दैनिक डेटा रोमिङ शुल्क […]

डीएसटी छुटको सिलिङ बढ्यो

काठमाडौं । सरकारले विद्युतीय सेवा कर (डीएसटी) छुटको सिलिङ बढाएको छ। सरकारले आर्थिक विद्येयक २०८१ मार्फत डीएसटी छुटको सिलिङ ३० लाख रुपैयाँ पुर्याएको छ। विद्येयक अनुसार डीएसटीको वार्षिक तीन लाख रुपैयाँसम्मको कारोबारमा कर लाग्ने छैन। यस अघि डीएसटीको वार्षिक २० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने व्यवस्था थियो। गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको […]

बजेटमा सूचना तथा प्रविधि

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा समावेश सञ्चार तथा सूचना प्रविधि क्षेत्रका क्षेत्रले उच्च प्राथमिकता प्राप्त गरेको छ। सरकारले बजेट मार्फत सूचना प्रविधि दशक घोषणा गर्दै ३० खर्बको आईटी निर्यात गर्ने योजना बनाएको छ। नीतिगत व्यवस्था: सूचना प्रविधिमा आएको क्रान्ति, कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग र ज्ञानमा आधारित अर्थतन्त्रको विकास भइरहेको सन्दर्भमा नेपालको […]

सरकारको प्राथमिकतामा सूचना प्रविधि

काठमाडौं ।   सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को यंयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य राखिएको बताए । पाँच लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी वर्षलाई […]

एनसेलले मोबाइल सेवा अनुमति पत्रको तेस्रो नवीकरणका लागि ४ अर्ब बुझायो, अझै १६ अर्ब बाँकी

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जीएसएम सेलुलर मोबाइल अनुमति पत्र (लाइसेन्स)को तेस्रो नवीकरणका लागि ४ अर्ब रुपैयाँ बुझाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले लाइसेन्स तेस्रो नवीकरण गर्न सोमबार ४ अर्ब रुपैयाँ बुझाएको जानकारी दिए। एनसेलको यही भदौ १६ गते दोस्रो नवीकरणको अवधि सकिँदै छ। दूरसञ्चार ऐन २०५३ अनुसार लाइसेन्स अवधि […]

पौडेलको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन भएको छ । जीवन शर्मा पौडेलको अध्यक्षमा १४ सदस्यीय मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा गणेशप्रसाद साह, महासचिवमा श्रीराम पौडेल, सचिवमा रितेश सर्राफ, कोषाध्यक्षमा राजन तिमिल्सिना, सहकोषाध्यक्षमा सोनुकुमार शर्मा चयन भएका छन् । यस्तै सदस्यमा सोनु सर्राफ, अर्जुन गुप्ता, […]

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मान

काठमाडौं। नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले […]

दूरसञ्चार राजस्व बापतको साढे ५ अर्ब उठाउन महालेखाको सुझाव

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकबाट करिब साढे पाँच अर्ब राजस्व उठाउन महालेखा परीक्षक कार्यालयले सुझाव दिएको छ। आइतबार सार्वजनिक भएको महालेखापरीक्षकको एकसाट्ठिऔं वार्षिक प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकबाट राजस्व बापतको ५ अर्ब ४७ करोड ६० लाख ८४ हजार रुपैयाँ उठाउन सुझाव दिइएको हो। १४ दूरसञ्चार सेवा प्रदायक संस्थाले पेस गरेको आय वर्ष २०७८/७९ को आय विवरणअनुसारको […]

तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध

काठमाडौं ।  तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो। दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ। घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकम जनाएको छ।

गणतन्त्र दिवसमा नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर उपलब्ध गराएको छ। ‘रिपब्लिक डे’ अफर तीन दिन जेठ १४ र जेठ १६ गतेसम्म लागु हुने नेपाल टेलिकमले जानकारी दिएको छ। यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन […]