साउन १ गतेदेखि एनआईटीसीको ठाउँमा नयाँ संरचना आईडीएमसी सञ्चालनमा आउने
काठमाडौं । सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) खारेज गरेसँगै नयाँ संरचना इन्टिग्रेट डाटा म्यानेजमेन्ट सेन्टर (आईडीएमसी) सञ्चालनमा आउने भएको छ। गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गर्ने निर्णय गरेको थियो। चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा एनआईटीसी खारेज गरेर सूचना प्रविधि विभाग (डीओआईटी) मा […]

