नेपाल टेलिकमको नयाँ लाइसेन्स पाउने बाटो खुल्यो, तर कसरी दिने भन्ने निर्णय अझै गोप्य
काठमाडौं । सरकारले नेपाल टेलिकमलाई जीएसएम सेलुलर मोबाइल सेवाको नयाँ लाइसेन्स दिने निर्णय गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको हो। टेलिकमले यसअघि २०५६ वैशाख २९ गते लिएको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स भोलि (शुक्रबार) सकिँदै छ। नेपाल दूरसञ्चार ऐन २०५३ मा अनुमति पत्रको अवधि बढीमा २५ वर्ष […]

