नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोलायो साधारण सभा

इक्विटी नेपाल – काठमाडौँ :

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औ वार्षिक साधारण सभा आगामी चैत्र २८ गतेका लागि बोलाएको छ। उक्त साधारणसभा होटेल बिश्व बिरगंजमा हुने छ।

उक्त सभाका मुख्य एजेन्डाहरुमा :

  • कम्पनीको अधिकृत पूंजी वृद्धि गरि आठ अरब कायम गर्ने। 
  • संचाकल समितिले प्रस्ताब गरे बमोजिम विधमान चुक्ता पूंजीको ४२ प्रतिशत बोनस शेयर तथा २८ दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्ने। 
  • कम्पनीको पूंजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयरको विधमान ७०:३० अनुपातलाईपरिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६०:४० प्रतिशत कायम कायम गरि सोहि अनुरुप शेयरलाई साधारण शेयरमा परिणत गर्ने। 
  • कम्पनीको प्रबन्धपत्र तथा नियमवालीमा प्रस्ताब भए बमोजिम संसोधन गर्ने। 

कम्पनीले घोषणा गरेको लाभांश लिनको लागि चैत १३ गतेभित्रमै शेयर किनिसक्नु पर्नेछ । सो मितिभन्दा अगाडि कायम रहेका शेयरधनीले नगद लाभांश र बोनस सेयर प्राप्त गर्नेछन् । कम्पनीले चैत १४ देखि साधारणसभा हुने दिन अर्थात चैत २८ गतेसम्म सेयर दाखिला बन्द हुने जानकारी गराएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार