SKIP THIS

MLBL

सिद्धार्थ लगानी वृद्धि योजनाले कति दियो त पाँच वर्षमा प्रतिफल ?

Prabhu
सर्वसाधारणसंग छरिएर रहेको सानो सानो पूँजीलाई एककृत गरी बजारमा उपलब्ध लगानीका बिबिध क्षेत्रहरुमा धितोपत्र बोर्डले जारी गरेको नियमभित्र रही जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल आर्जनको उदेश्य सहित सामुहिक लगानीकोषले विभिन्न योजना संचालन गर्ने क्रमले ब्यापकता पाएको छ। हरेक मर्चेन्ट बैंकिंग गर्ने संस्थाले सामुहिक लगानीकोषका विभिन्न योजना संचालन गर्ने चलन चलेको छ। 
सामुहिक लगानीकोषका योजनाहरु सुरक्षित लगानीका निम्ति एक उतम लगानीको विकल्प रहेतापनि केहि समयदेखि पूँजी बजार ओरालो लागे संगै र केहि वर्षदेखि संचालनमा आएका केहि सामुहिक लगानीकोषका योजनाले प्रतिफल दिन नासकिरको अवस्थमा आम लगानीकर्ताहरुको यस्ता सामुहिक लगानीकोषका इकाई प्रति चासो क्रमिक रुपमा घट्दै गईरहेको देखिन्छ। गत माघमा जारी गरिएका एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन ब्यालेस फण्डका सम्पूर्ण इकाईहरु १ महिना भन्दा बदि समय बिक्रीका लागि खोल्दा पनि शतप्रतिशत बिक्रि हुन सकेनन। यसले क बुझ्न सकिन्छ भने आम लगानीकर्ताले यस्ता इकाईहरुबाट प्राप्त गर्न सकिने प्रतिफल प्रति विश्वास नगरेका हुन्। 
यसै परिपेक्ष्यमा गत पुस ९ गते परिपक्व भएको सिद्धार्थ लगानी वृद्धि योजना १ले आफ्नी ५ वर्ष योजना अवधिमा वितरण गरेको प्रतिफलको लेखाजोखा गर्न गईरहेका छौ। 
उदहारणका लगानी राम भन्ने व्यक्तिले सिद्धार्थ लगानी वृद्धि योजना १ के २०६९ साल मा उक्त योजनाका एक हजार वाट इकाई खरिद गरेको थिए। गत पुष ९ गते उक्त योजना परिपक्व भइसक्दासम्म रामले निम्न अनुसार प्रतिफल प्राप्त गर्न सफल भए।

राम २०६९ देखि २०७४को बीचमा सिद्धार्थ लगानी वृद्धि योजना १ ले विभन्न वर्षमा वितरण गरेको नगद लाभांश बापत कुल बाह्र हजार चार सय पचास रुपैया पाए भने इकाई खारेजी पछि उनले प्रति इकाई २१ रुपैया ७७ पैसाका दरले २१ हजार सात सय ७७ रुपैया प्रतिफल पाउन सफल भएका देखिन्छ। उनले पाएको प्रतिफललाइ हेर्दा उनले वाढ़सिक रुपमा ४८ दशमलव ४५ प्रैशत प्रतिफल पाएका छन्। 

सिद्धार्थ लगानी वृद्धि योजना १ ले प्रदान गरेको प्रतिफललाई हेर्दा लामो समयलाई लगानी गर्ने उद्देश्यले समुहिक लगानी कोषका ईकाईमा लगानी गर्दा पनि राम्रो पतिफल प्राप्त गर्न सकिने देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार