बजार बढ्दा न्युयोर्क एक्चेन्ज देख्ने र घट्दा मात्र वास्ताविकता थाहा हुने हामी लगानीकर्ता

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
जब जब पुँजी बजार घट्न थाल्छ अनि हामी लगानीकर्ताहरू शेयर बजारको विकासको लागि तात्छौ । शेयर बजार घटिरहँदा हामी पूँजी बजारको विकासका निमित्त अर्थमन्त्री देखि राष्ट्र बैङ्कका गभर्नरसम्म पुग्छौ।  भेट पस्चात राज्य पूँजी बजारकालागि सकारात्मक छ भन्ने कुरा हामी विभिन्न सञ्चार माध्यमबाट फैलाउन एक सेकेन्डपनि विलम्भ गर्दैनौ।  त्यसपछि जब बजारले सकारात्मक दिशा समात्न थाल्छ।  हामी वर्तमान पूँजी बजारको सम्रचनामा खुशी र सन्तुष्ट हुन्छौ।  हामीलाई थप विकास चाहिएको महसुस हुँदैन।  बजार बढ्दा  त ओपन क्राई प्रणाली तर्फ हामी उन्मुख भएनी हामी त्यसमा खुसी नै हुन्छौ ।

आज सम्मको प्रवृत्ति हेर्दा शेयर बजार सुधारका मुद्दा आउनु भनेको नेगेटिभ सेन्टिमेन्ट भएको बजारलाई सकारात्मक दिशा तर्फ लान मात्र देखियो

बजार वृद्धि हुँदा हामीलाई चर्को ब्रोकर कमिसन तिर्दापनि समस्या हुँदैन।  हामीलाई अनलाईन कारोबार प्रणालीपनि चाहिँदैन।  पुँजी बाजारमा गैर आवासीय नेपालीपनि भित्राउनु पर्दैन।  नयाँ स्टक एक्सचेन्जपनि चाहिँदैन, शेयर धितोकर्जामा कर्जाको सीमा वृद्धि गर्नुपनि पर्दैन।  मार्केट मेकरपनि चाहिँदैन, वास्तविक क्षेत्रका कम्पनीहरूलाई शेयर बजारमा भित्राउनुपनि पर्दैन ।
आखिर बाजार घट्दामात्र लगानीकर्ताहरू किन तात्छन भन्ने प्रश्नमा बजारका एक सक्रिय लगानीकर्ताको उत्तर आयो ” आज सम्मको प्रवृत्ति हेर्दा शेयर बजार सुधारका मुद्दा आउनु भनेको नेगेटिभ सेन्टिमेन्ट भएको बजारलाई सकारात्मक दिशा तर्फ लान मात्र देखियो। “
बजार घटबढ सामान्य प्रक्रिया हो।  यसमा ठुलो बहस गर्नु हुँदैन, माग र आपूर्तिले बढ्ने बजार माग र आपूर्तिले नै घट्ने गर्दछ।  बजार घट्नु बढ्नु क्षणिक हो भने पूँजी बजारको विकास दीर्घकालीन हो । 
अबदेखि हामीले बजार घटबढलाई बिर्सेर विशुद्ध पुँजी बजारको आधुनिकरणको लागि दबाब दिनु पर्दछ।  किनकि आज हामीले दबाब दिँदै गएमा भने पक्कैपनि नियामक निकाय र राज्य पुँजी बजारको विकासको निमित्त ध्यान दिने छ नभए बजार घट्दा मात्र सरोकारवाला निकाय धाउने हाम्रो प्रवित्तिले  गर्दा हाम्रा मागहरू कमजोर हुँदै जाने छन् र  अन्तर्राष्ट्रिय स्तरको पूँजी बजार नारामामात्र सीमित हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार