RE
Global College

युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गर्यो २४० प्रतिशत हकप्रद


इक्विटी नेपाल – काठमाडौँ :
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पूँजी वृद्धिका लागि १ : २ दशमलव ४ अनुपातमा (२४० प्रतिशत) हकप्रद शेयर निष्कासन गर्ने निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको छ। 
बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्‍याउन हाल कायम चुक्ता पूँजी ३० करोड २४ लाखको २४० प्रतिशत हकप्रद शेयर जारी गरी आफ्नो पूँजी १अर्ब २ करोड ८१ लाख ६० हजार पुर्‍याउने जनाएको छ। 
बिमा समितिको निर्देशनपछि पूँजी वृद्धिका लागि प्रस्ताव गरेको दश प्रतिशत बोनस र बोनसपछिको शतप्रतिशत हकप्रद स्थगन गरेको कम्पनीले हाल शेयरधनीलाई हकप्रदको भारी बोकाउने प्रस्ताव गरेको छ। हाल अग्नि बिमा दाबी भुक्तानी विवादमा रहेको कम्पनीको प्रस्ताव बिमा समितिबाट स्वीकृत हुने नहुने हेर्न बाकी नै छ।
NECO

Leave Your Comment

Related News