आठ अर्ब चुक्ता पूँजी पुर्याउन दौडमा बाँकी रहेका पाँच बाणिज्य बैंकहरु

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
राष्ट्र बैङ्कले तोकेको न्यूनतम ८ अर्ब चुक्ता पुँजी अधिकांश वाणिज्य बैंकहरुले पुर्‍याएपनि अझै ५ वटा सो लक्ष्य हासिल गर्न सकेका छैनन् । नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क,एनएमबी बैङ्क, बैङ्क अफ काठमान्डू, कुमारी बैङ्क र सिभिल बैङ्कले अझैपनि न्यूनतम चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । 

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क :

अहिलेको समयमा सबै भन्दा थोरै चुक्ता पुँजी भएको वाणिज्य बैङ्कका रूपमा नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क रहेको छ। प्रकाशित तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार बैङ्कको पुँजी ४ अर्ब ६७ करोड रहको छ । बैङ्कले अझै ७२ प्रतिशत पुँजी वृद्धि गर्न बाँकी छ । 
मङ्सिर २० गते कम्पनीले ५० प्रतिशत हकप्रद शेयरका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रदको आवेदन अझैपनि धितोपत्र बोर्डले स्वीकृति दिएको छैन , ५० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी ७ अर्ब १ करोड पुग्ने  छ । हकप्रद पछीपनि कम्पनीलाई करिब १४ प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने छ । 
कम्पनीले आर्थिक वर्ष ७२/७३ को साधारण सभा भाद्र  महिनामा सम्पन्न गरेको र उक्त साधारण सभामा कुनै पनि लाभंश  दिएको थिएन । कम्पनीको आर्थिक वर्ष २०७३/७४को साधारण सभा अझै गरेको छैन । 

एनएमबी बैङ्क 

प्रकाशित तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार बैङ्कको पुँजी ६ अर्ब ४६ करोड रहको छ । बैङ्कले अझै २४ प्रतिशत पुँजी वृद्धि गर्न बाँकी छ । बैङ्कले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपियो पछि कम्पनीको पुँजी १ अर्ब १४ करोडले पुजी वृद्धि हुने छ । एफपिओ पछि कम्पनीको पुँजी ७ अर्ब ६० करोड पुग्ने छ । एफपिओ पछीपनि अझै कम्पनीले आफ्नो पुँजी ६ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । बैङ्कले आर्थिक वर्ष ७३/७४को वार्षिक साधारण सभा गर्न बाँकी छ । 

बैङ्क अफ काठमाडौँ 

प्रकाशित तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार बैङ्कको पुँजी ७ अर्ब ७ करोड पुगेको छ । बैङ्कले तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दा प्रस्तावित १३ दशमलव २५ प्रतिशत नगद लाभांशलाई पनि पुँजीमा देखाएको छ । प्रस्तावित बोनस शेयर साधारणसभा बाट पारित भएको अवस्थामा कम्पनीले अझै आफ्नो पुँजी १३ प्रतिशतले वृद्धि गर्नु पर्ने छ । 

कुमारी बैङ्क

प्रकाशित तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार बैङ्कको पुँजी ५ अर्ब ९६ करोड छ । कम्पनीले केही समय अघी देखी हकप्रद शेयर विक्री गरेको छ , सो हकप्रद शेयरलाई पुँजीमा जोड्दा कम्पनीको पुँजी ७ अर्ब १६ करोड पुगेको छ । कम्पनीलाई अझै १२  प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने छ । कम्पनीले आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभा गरेको छैन । कम्पनीले आर्थिक वर्ष ७३/७४ को मुनाफा बाट बोनस वितरण गरेर पुँजी पुर्‍याउन सक्छ । 


सिभिल बैङ्क लिमिटेड 

प्रकाशित तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार बैङ्कको पुँजी ६ अर्ब ९३ करोड पुगेको छ । विक्री नभएको संस्थापाकतर्फको  हकप्रद शेयर बिक्री पश्चात् बैङ्कको पुँजी ७ अर्ब २५ करोड पुग्ने छ । अझै बैङ्कले आफ्नो पुँजी १० प्रतिशतले वृद्धि गर्नु पर्ने छ । बैङ्कले आर्थिक वर्ष ७३/७४ को साधारण सभा गर्न बाकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार