RE
Global College

खुल्यो एनएमबी बैंकको एफपीओको लागि आवेदन


इक्विटी नेपाल – काठमाडौँ :
एनएमबी बैंकले जारी गरेको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपीओका लागि आजबाट आवेदन खुल्ला गरिएको छ। बैंकको एफपीओ आजबाट (जेष्ठ ३०, २०७५ ) छिटोमा असार तीन गतेसम्म आवेदन दिईसक्नु पर्ने छ। यदि उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ। 
बैंकले प्रतिकित्ता एक सय रुपैया अङ्कित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा अहिले एफपीओ जारी गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनएको छ। 
बैंक अहिले जारी गरेको एफपीओबाट एक अर्ब १४ करोड १५ लाख १६ हजार तीन सय रुपैयाँ चुक्ता पूँजीमा जोडिने छ भने प्रिमियमबाट सङ्कलित थप दुई अरब ६५ करोड ९७ लाख ३२ हजार नौ सय ७९ रुपैयाँ जगेडा कोषमा जोडिने छ।

 एनएमबी बैङ्कको एफपिओ अघि र पछीको अवस्था

प्रकाशित मिति: २०७५ जेष्ठ ३० गते 

NECO

Leave Your Comment

Related News