RE
Global College

असार १० गते आउने भयो नाडेप लघुवित्तको आइपिओ


इक्विटी नेपाल – काठमाडौँ :
धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार १० गतेदेखि सर्वसाधारणलाई आइपिओ निस्काशन गर्ने भएको छ। सँस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट गत जेष्ठ ३ गते अनुमति पाएको थियो। 
बिक्रि प्रबन्धकको कार्य गरिरहेको नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार इक्छुक लगानीकर्ताले न्यूनतम २० कित्ता र अधिकतम दुई हजार चार सय कित्ता शेयरका लागि छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्मआवेदन दिन सक्ने जनाएको छ। 
हाल चुक्ता पूँजी ११ करोड २० रहेको यस लघुवित्तले कुल शेयरको ३० प्रतिशत शेयर सर्वसाधारणमा आईपीओका रुपमा जारी गर्न लागेको हो। आइपिओ निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी बढेर १६ करोड रुपैयाँ पुग्नेछ भने संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात क्रमश: ७० प्रतिशत र ३० प्रतिशत कायम हुनेछ।


प्रकाशित मिति : २०७५ असार १ गते 
NECO

Leave Your Comment

Related News