शेयर बजारमा ७० अंकको पहिरो

Prabhu

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज साताको तेस्रो दिन शेयर बजार नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर २,००७ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनकिो शेयर मुल्य मात्रै बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोड ६५ लाख रुपैयााको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकि ालगानीकर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाइधनीले ७ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । आज अधिकांश म्युचुअल फण्डका इकाईधनीले कमाएका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार