ग्लोबल आइएमई बैंकले ल्यायो ग्रिन ड्राइभ योजना , कर्जामा ९.४९ प्रतिशतको ब्याजदर

Prabhu

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । बैङ्कका अनुसार ग्रिन ड्राइभ योजनामा व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा प्रबाह गर्ने छ ।

कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ ।

स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने  बैङ्कले  जनाएको छ  । यसले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाएका ग्राहकलाई यस ले  लाभान्वित गर्ने विश्वास बैंकले लिएको  छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि स्थानबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार