ग्लोबल आइएमई बैंकले गर्यो १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Prabhu

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले आफ्ना  १११ शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

ग्लोबल मनि विक २०२४ को अवसर पारेर बैङ्कले गरेको देशव्यापी कार्यक्रममा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागि भइका थिए ।

वित्तीय साक्षरता कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी बिषयमा सिकाईएको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि स्थानबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार